
देवदह, १२ जेठ । नेपाली कांग्रेस देवदह –६ मिलनचोकमा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले एक कार्यक्रमका बिच उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।
सोही अवसरमा सभासद रज्जाकले पार्टी सम्पर्क कार्यालय स्थापना संगै स्थानिय निर्वाचनको सन्र्दभमा कार्यकर्ताहरु संगठित भई उम्मेद्वारलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाले राजनीतिक सहमतिले मात्र देशको निकास निस्कने हुदा सम्पूर्ण राजनीतिक दलहरु एकजुट भएमा स्थानिय निर्वाचन सफल हुने बताउनुभयो ।
वडा सभापति दामोदर क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्री, नगर सभापति गुनाखर भूर्तेल लगतयले बोल्दै देवदह नगरपालिकालाई नमुना नगरपालिका बनाउने उद्धेश्यले नेपाली कांगे्रस लागेको हुदा स्थानिय निकायको निर्वाचनमा नेपाली कांगे्रसलाई जिताउन सम्पूर्ण पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । कार्यक्रम दुर्गा दहालको स्वागत र नगर सचिव अर्जुन पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
बुटवलमा समाचार डेस्क
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसको प्रचारप्रसार समन्वय उपसमितिले बुटवलमा जिल्ला समाचार डेस्कको कार्यालय उद्घाटन गरेको छ । बुटवलको राजमार्ग चौराहामा स्थापना गरिएको कार्यालयको बिहीवार नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्घाटन गर्दै संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको जीत अपरिहार्य रहेको बताउनु भयो । त्यसकालागि पार्टीका सबै तह र तप्काबाट पार्टीले अंगाडी सारेका उम्मेदवारको पक्षमा माहौल बनाउन पनि आग्रह गर्नुभयो ।
नेकपा एमाले राजावादी पार्टी भएको बताउँदै उहाँले एमालेले राजासंग घाँटी जोडेर नेपाली काँग्रेसका बिरुद्धमा अफ्वाह फैलाईरहेको दावी गर्नुभयो । अरु पार्टीले अंगाडी सारेका उम्मेदवार भन्दा नेपाली काँग्रेसले अंगाडी सार्ने उम्मेदवार कुशल, दुरदृष्टि र योग्य हुने बताउंदै आफ्ना उम्मेद्वारका विरुद्ध अनावश्यक अफ्वाह नफैलाउन पनि सभापति रज्जाकले आग्रह गर्नुभयो ।
कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले प्रचारप्रसारमा मिडियाको भुमिका महत्वपूर्ण हुने बताउँदै लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताकालागि पनि नेपाली काँग्रेसको पक्षमा जनाधार बन्नेगरी कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरि लम्साल, क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डे, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी लगायतले भनाई राखेका थिए ।
प्रचार प्रसार समन्वय उपसमितिका संयोजक विश्वेश्वरप्रसाद बस्यालको सभापतित्वमा भएको कार्यक्रममा सहसंयोजक तथा नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सञ्चालन, सदस्य खिमानन्द भट्टराईले धन्यवाद र समाचार डेस्कका संयोजक यमलाल भुसालले स्वागत गर्नुभएको थियो ।
उप समिति गठन
नेपाली कांगेस बुटवल वडा नम्बर ४मा भूपु सैनिक संघको आयोजनामा प्रचार प्रसार उप समिति गठन गरिएको छ । भूपु सैनिक संघका नर ध्वज गुरुगंको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको क्षेत्रीय सचिव परमान्नद भट्टराईले बताउनु भयो ।
प्रचार प्रसार समिति गठन कार्यक्रममा क्षेत्रीय सचिव भट्टराई, बुथ सभापति अरुण श्रेष्ठ, नेपाल तरुणदल क्षेत्र नम्बर ४का क्षेत्रीय सभापति हसन्त लामा, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधीहरु गोविन्द्र रिजाल, सर्वजित केसी, मतदान सभापति ललित खरेल, अर्जुन रानाभाट लगाएतले स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।