बुटवलका चार वडामा काँग्रेस र जनमुक्ति तालमेल

1.3K

बुटवलका चार वडामा काँग्रेस र जनमुक्ति तालमेल

बुटवल, १८ जेठ। आसन्न स्थानीय तहको निर्वाचनमा बुटवलका बिभिन्न वडामा नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्तिले चुनावी तालमेल गरी प्रचारमा जुटेका छन् ।
स्थानीय स्तरमा अनुकुल हुनेगरी चुनावी तालमेल गर्ने पार्टीको नीति अनुसार बुटवल उपमहानगरपालिकाको वडा नं. ७, ८ १० र १९ मा दुई पार्टी बिच तालमेल गरीएको ती पार्टीका स्थानीय नेताहरुले बताएका छन् । जस अन्तरगत वडा नं. ७ मा वडा अध्यक्ष र दुई सदस्य नेपाली काँग्रेस र दुई सदस्य जनमुक्तिलाई बाँडफाँड गर्ने सहमति गरी तालमेल गरिएको वडा अध्यक्षका उम्मेदवार पदमराज गाहाले बताउनु भयो ।
त्यसैगरी वडा नं. ८ मा अध्यक्ष दलिद महिला सदस्य र खुला एक सदस्य नेपाली काँग्रेसलाई र बाँकी रहेका महिला सदस्य र खुला सदस्य जनमुक्तिलाई बाँडफाँड गरिएको वडा अध्यक्षका उम्मेदवार राधेश्याम राजभण्डारीले बताउनु भयो । तालमेलसंगै दुई पार्टीले संयुक्त रुपमा घरदैलो लगायतका प्रचार प्रसारका काम अंगाडी बढाईएको नेपाली काँग्रेसका वडा सभापति नरबहादुर रजालीले जानकारी गराउनु भयो । काँग्रेसका तर्फबाट उक्त वडामा दलिद महिलामा कमला सुनार र खुल्लामा गोपाल गौतमलाई अंगाडी सारिएको छ ।
वडा नं. १० मा वडा सभापति खड्गबहादुर महतलाई नै वडा अध्यक्षको सर्वसम्मत निर्णय गरी पार्टीमा सिफारिस गरेसंगै दुई पार्टी बिच चुनावी तालमेल भएको थियो । नेपाली काँग्रेसलाई अध्यक्ष सहित महिला सदस्य र एक खुला सदस्य तथा जनमुक्तिलाई बाँकी दलिद महिला सदस्य र खुला सदस्य बाँडफाँड गरिएको छ । जस अन्तरगत नेपाली कांग्रेसले पाएको महिला सदस्यमा चन्दकला थापा मगर र खुल्ला सदस्यमा झपटबहादुर गुरुङ् (जेवी), तथा जनमुक्तिबाट दलिद महिला सदस्यमा सपना बिके र खुला सदस्यमा भेगबहादुर सारु मगर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यस्तै भर्खरै मात्रै नगरपालिकामा गाभिएको वडा नं. १९ मा पनि नेपाली काँग्रेस र जनमुक्ति बिच नुचावी तालमेल भएको महाधिवेशन प्रतिनीधि हरिहर श्रेष्ठले बताउनु भयो । उक्त वडामा खुला एक सदस्य जमुक्तिलाई दिने र अध्यक्ष सहित बाँकी सदस्य काँग्रेसले लिनेगरी तालमेल गरिएको छ । जस अनुसार अध्यक्षमा हिमबहादुर खत्रीलाई पार्टीले अंगाडी सारेको छ । सदस्यहरुमा महिलाबाट लक्ष्मी थारु, दलिद महिला बिना दर्नाल र खुला सदस्यमा बालकिसुन चौधरीलाई अंगाडी सारिएको छ भने जनमुक्तिको तर्फबाट खुला सदस्य पदमा दिलबहादुर थापालाई अंगाडी सारिएको छ ।
चुनावी तालमेल संग दुई दल संयुक्त रुपमा चुनावी प्रचारका लागि कार्यालय सञ्चालन गर्नुका साथै, घरदैलो, आन्तरिक भेटघाट लगायतका प्रचारका काममा सक्रिय भएका छन् । बुटवलका बिभिन्न वडामा नेपाली काँग्रेसले प्रचार प्रसारका कामलाई तिब्र रुपमा अंगाडी बढाएका छन् ।