प्राविधिक शिक्षा र व्यबसायिक कृषिमा उम्मदेवारहरुको जोड

1.3K

प्राविधिक शिक्षा र व्यबसायिक कृषिमा उम्मदेवारहरुको जोड

बुटवल । नेपाली काँग्रेसका बुटवलका वडा अध्यक्षका उम्मदेवारहरुले स्वरोजगारमुलक प्राविधिक शिक्षालाई प्राथमिकता दिएर चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
युवाहरु बैदेशिक रोजगारीमा पलाएन भईरहँदा मुलुकमा जनशक्ति अभाव भएकाले उनीहरुलाई रोक्न र बिकासमा लगाउनकालागि युवा लक्षित स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
नेपाली काँग्रेस रुपन्देहीको प्रचार प्रसार समन्वय उपसमितिले बुधबार बुटवलमा गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बुटवल १३ का अध्यक्षका उमेद्वार नारायणप्रसाद पुनले त्यसबाहेक वडालाई धुलो रहित वडा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै गुणस्तरीय प्राविधिक शिक्षा आफू प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले वडा नं. १३ मा रहेको जवई खेल मैदानलाई स्टेमियम बनाउने तथा वडामा रहेका अरु खेलमैदानहरुलाई स्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाको बिकासमा नेपाली काँग्रेसले अहिलेसम्म नेतृत्वदायी भूमिका खेल्दै आएको दावी गर्दै उहाँले आफूले अझै उचाईमा पु¥याउने बताउनु भयो ।
त्यस्तै वडा नं. ७ का उम्मेदवार पदमराज गाहाले आफ्नो वडामा ठूला र केन्द्रीय नेताहरु भएर पनि ओझेलमा परेको बताउँदै आफूले खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले ढल निकास, अव्यबस्थित हाटबजार, अस्पताल, हिलपार्क लगायतलाई व्यबस्थित गरी स्वच्छ र सफा सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो व्यक्तिगत खर्चबाट वडाका वार्षिक ५० जना गरिव तथा निम्नस्तरका बालबालिकालाई निशुल्क अध्यापन गराउने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ । युवालाई रोजगारीका कार्यक्रम सञ्चालन गर्ने र युवा विदेश पलायन हुने प्रबृत्तिलाई रोक्ने बताउनु भयो ।
त्यसैगरी वडा नं. २ का उमेद्वार बिरबहादुर लामाले खोलालाई सरसफाई गर्ने र स्वच्छ बनाउने तथा खोला कटानको समस्या रोक्नकालागि तटबन्धका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरी जनताको धनसम्पत्तिको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समग्र वडाको बिकासमा आफू प्रतिवद्ध रहेको बताउँदै जनताले महशुस गर्ने गरि आफूले काम पर्ने बताउनु भयो ।
बुटवल नगरपालिकामा भर्खरैमात्रै जोडिएको वडा नं. १४ का अध्यक्षका उम्मेदवार लिलबहादुर थापाले बिकास शुन्य अवस्थामा रहेकाले बिकासको विजारोपण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तीन वर्ष भित्रमा वडाका सबै सडकलाई ग्राभेल गर्ने र बाँकी दुई वर्ष भित्रमा पिच गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बिद्यालयलाई स्तरोन्नती गराउने तथा प्राबिधिक शिक्षा सञ्चालन गर्ने, दानव नदिलाई व्यबस्थित गर्दै कटान रोक्ने बताउनु भयो । खानेपानीको समस्या नभएपनि त्यसलाई अझै सुलभ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी बुटवल १५ का अध्यक्षका उम्मेदवार प्रेमप्रसाद पौडेलले स्थानीय शासन व्यबस्थालाई जनमुखि बनाउने बताउनु भएको छ । उहाँले उक्त वडाका जनता तिनाउ दानव नदिको कटानका कारण पिडित भएको बताउँदै आफूले त्यसलाई रोक्न नदिमा तटबन्धन गर्ने, प्राबिधिक शिक्षालयलाई स्तरोन्नती गर्ने र गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाईने, बिकासका काममा युवालाई परिचालन गरिने, कृषिमा व्यबसायिक बिकास, स्वरोजगार मुलक कार्यक्र सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो वडामा बिद्युतीकरण अव्यबस्थित रहेकाले त्यसलाई व्यबस्थित गर्ने तथा खानेपानीलाई पनि व्यबस्थित गर्ने र कृषि प्रणालीमा सिचाईको यथाचित प्रवन्ध मिलाई उत्पादकत्व बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।