बुटवल/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका बागी उम्मेदवार खडा भएका छन् । तिलोत्तमा नगरपालिकामा यस अंगाडी पार्टीले टुङ्गो लगाएको उम्मेदवारलाई टिकट नदिएको भन्दै पार्टीका संगठित सदस्य टंकप्रसाद पाण्डेयले तिलोत्तमा नगरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टीले यस अंगाडी मोहन चापागाईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
लोकतान्त्रिक शासन व्यबस्थामा बिधि र प्रकृया अनुसार चल्नुपर्ने भएपनि पुरानै कार्यशैली र गुटवन्दी गर्ने प्रबृत्तिले ईमान्दार कार्यकर्तालाई निरास बनाएको उहाँले बताउनु भयो । उहाँले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीले गरेको निर्णय बिरुद्ध तिलोत्तमा नगरको मेयरमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेकपा एमालेले सुरुमा तिलोत्तमाको मेयर पदमा चापागाईलाई निर्णय गरेपछि चापागाई प्रचार प्रसारमा लागिसक्नु भएको थियो । पार्टीले गरेको निर्णयलाई उल्ट्याउँदै यहि जेठ १३ गते पुनः बासुदेव घिमिरेलाई मेयरको टिकट दिने निर्णय गरेको छ । साविकको निर्णयलाई कार्यान्वयन नगरे आफूले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने बताउनु भएको हो ।