तिलोत्तमा २९ जेठ
नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले देशको विकास,समृद्धि, र शान्तिका लागि स्थनीय तहको दोश्रो निर्वाचनमा जनताले काँग्रेसलाइ जिताएर फेरीपनि पहिलो पार्टी बनाउने बताउनु भएको छ ।
यसअघिका धेरैवटा निर्वाचनमा प्रतिकुलताका बाबजुद जनताले काँग्रेसलाइ जिताएकाले असार १४ को निर्वाचनमा काँग्रेसको सहज जित सुनिश्चित भएको दावी ग र्नु भयो ।
नेपाली काँग्रेस तिलोत्तमा नगरले सोमवार मणिग्राममा गरेको उम्मेदवार घोषणा सभालाइ सम्बोधन गर्दै निर्वतमान रक्षा मन्त्री समेत रहेका खाँणले बहुदलमा विश्वास गर्ने काँग्रेसले देशको समृद्धिकै लागि स्थानीय चुनावमा अन्य दलसंग सहकार्य गरेको उल्लेख ग र्नु भयो । ‘काँग्रेस कामजोर भएर होइन स्थायी शान्ति र समृद्धिका लागि हातेमालो गरेर अगाडी बढनु पर्ने राष्ट्रिय आवश्यकतालाइ मनन गरेर तालमेल गरेका हौ’ नेता खाँणले भन्नु भयो ‘अन्य स्थानमा अन्य दलसंग तालमेलको प्रयास भइरहेको छ’ ।
बहुदलमा विश्वास गर्ने पार्टी भएकाले विकासका एजेण्डामा हातेमालो गर्न तिलोत्तमामा जनमुक्ति संग तालमेल गरीएको र जित सुनिश्चित रहेको दावी ग र्नु भयो ।
तिलोत्तमाका स्थायी बासीन्दा समेत रहेका खाँणले नगरलाइ हरीयाली, सभ्य, विकसित र समृद्ध नगर बनाउने परिकल्पना साकार पार्न काँग्रेस जनमुक्ति गठबन्दनलाइ अमुल्य मत दिएर जिताउन नगरबासीलाइ आग्रह गर्नु भयो ।
मतदातालाइ मत दिन सहज होस भनेर चुनाव चिन्न रुख मात्रै प्रयोग गर्ने बिषयमा आयोगसंग माग गरीएको जानकारी दिर्नु भयो ।
नेता खाँणले नगरलाइ पर्यटकीय बिश्राम स्थलको रुपमा विकास गर्ने, पाँच बर्षमा देशकै ठुलो र चौडा ४७ किलोमिटरको चक्रपथ निमार्ण जस्ता योजना पुरा गर्दै लुम्बिनी संग जोडेर हरीयाली, सभ्य र समृद्ध नगर बनाउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले संविधान कार्यान्वयन,समृद्ध र सक्षम नेपाल अवको कार्यदिशा भएकाले स्थानीय तहमा काग्रेसको नेतृत्व अनिवार्य रहेको बताउाु भयो ।
राष्ट्रिय जनमुक्तिका केन्द्रिय उपाध्यक्ष टोप अस्लामीले सबैखाले बिभेदको अन्त्य गर्दे भ्रटाचार मुक्त समाज र विकासका लागि काँग्रेस जनमुक्तिको गठबन्दनलाइ जिताउन नगरबासीलाइ आग्रह गर्नु भयो । नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले रुपन्देहीका स्थानीय तहमा काँग्रेसका उम्मेदवारको जित सुनिश्ति भएकाले असार १४ पछि सोही ठाँउमा बिजयी घोषणा सभा गर्ने दावी ग र्नु भयो ।
कार्यक्रममा जनमुक्ति रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ,तिलोत्तमा चुनाव परिचालन समितिका संयोजक रामचन्द्र ढकाल,विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रोमणी प्रसाद पाठक, नगर सभापती हरीलाल पाण्डे,सचिव शिव गैरे लगायतले बोल्दै तिलोत्तमाले जुझारु,विकास प्रेमी,योग्य र सक्षम नेतृत्व पाएकाले सबै एक भएर आफना उम्मेदवारलाइ जिताउन लागी परेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नगरका मेयर र उपमेयरका उम्मेदवार रामकृष्ण खाँण र गीता सारुले समावेसी विकास, जहा मानव वस्ती त्यहा कालापत्रे सडक, एक वाड एक स्वास्थ्य चौकी, सुकुम्बासीलाइ लालपुर्जा,स्वरोजगार युक्त, हरीयाली, स्वच्छ र नेपालकै नमुना नगर बनाउने प्रतिबद्धता सहित आफनो टिमलाइ मतदान गर्न आग्रह गर्नु भएको थियो ।