
भैरहवा, ३० जेठ
बिगतका निर्वाचनहरुमा आपसी द्धन्द्धका कारण पराजय ब्यहोरेको नेपाली काँग्रेस सिद्धार्थनगर (भैरहवा) रुपन्देही यसपटक स्थानीय निकायको निर्वाचनमा एक ढिक्का भएर लागेको छ ।
काँग्रेसको गडको रुपमा चिनीएको भैरहवामा यसअघी लामो समयसम्म काँग्रेस पराजीत भएको थियो । गएको सविधान सभा निर्वाचनमा समानुपातीक तर्फ सवै भन्दा धेरै मत ल्याएको काँग्रेस प्रत्यक्ष तर्फ पराजीत भएको थियो ।
बिगका निर्वाचनहरुबाट पाठ सिक्दै यसपटक नेपाली काँग्रेस भैरहवामा एक ढिक्का भएर चुनाव प्रचार प्रसारमा लागेको हो । टिकटकोलागी दावी गर्ने र टिक नपाए निस्कृय भएर बस्ने बिगतको गलत परीपार्टी त्याग्दै यसपटक भने सक्र्रीय भएर प्रचारमा लागेका छन् ।
स्थानीय तह निर्वाचनकालागी मेयर तथा उपमेयरको पदमा दावी गरीरहेका काँग्रेसका सवै आकाँक्षींहरु आफुहरुले टिक नपाएपनि मेयर पदका उम्मेदवार मातृका प्रसाद यादव र उपमेयरकी उम्मेदवार माधवी सर्मा वाग्ले तथा बडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहलाई विजयी बनाउन लागेका छन् ।
टिकट नपाएपछि आकाक्षींहरु असन्तुष्ट भएको भन्दै कतीपयले गलत प्रचार गरीरहेका बेला सवै आकाक्षींहरु प्रचार प्रसारमा लागेर एकताको सन्देस दिएका हुन् । मेयर पदकोलागी आकाक्षा राखेका जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, नगरबिकास समीतीका अध्यक्ष एवं जिल्ला सदस्य सुरेन्द्र जगं थापा, महासमीती सदस्य गोपाल मानराज भण्डारी तथा शिद्धार्थ उद्योग बाणीज्य सघंका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ आ आफ्नो क्षेत्रबाट प्रचार प्रसारमा लागेका छन् ।
नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष न्यौपानेले अहीलेसम्मका हरेक परीबर्तनहरु काँग्रेसको नेतृत्वमा भएको र अव सिहंदरबारबाट गाउतह सम्म आएको अधीकारलाई सफल कार्यान्वयन गर्न पनि काँग्रेसका उम्मेदवारहरुले जित्नु पर्ने बताए । मगंलवार नेपाली काँग्रेस सिद्धार्थनगर १० को प्रचार प्रसार कार्यालयको उद्यघाटन गर्दै उनले काँग्रेस सवैलाई मिलाएर अगाडी बढाउने र सवै क्षेत्र, बर्ग, समुदायको सन्तुलीत बिकास गर्ने पार्टी भएकाले काँग्रेसका सवै उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
आकाक्षंी मध्येकै एक एवं नेपाली काँग्रेस रुपन्देहीका सदस्य तथा नगरबिकास समीतीका अध्यक्ष सुरेन्द्रजगं थापाले बिगतमा आपसी बेमेलका कारण अरुले फाईदा उठाएको भन्दै यसपट त्यसतर्फ सवै सचेत हुदै एक भएर अगाडी बढ्नुको बिकल्प नरहेको बताए ।
शिद्धार्थनगरको विकास तथा ऐसीयाली बिकास बैकंको सहयोगमा हाल सचांलीत एकीकृत सहरी बिकास आयोजना ल्याउनमा काँग्रेसको बिषेस योगदान रहेको भन्दै उनले अहीले बिगतमा एडीवीको बिरोध गर्नेहरु त्यसको जस लिन लागी परेको बताए । नगरमा एकीकृत सम्पत्ती कर लागु नगर्दै एडीवी आउने अवस्था थिएन ।
‘एकीकृत सम्पत्ती कर लगाउदा बिरोध गर्नेहरु अहीले एडीवी हामीले ल्याएको भन्दै हिडीरहेका छन्, तत्कालीन अवस्थामा नेपाली काँग्रेस नगरसभापति समेत रहेका थापाले भने–बिकास गर्ने काँग्रेस जस लिने अरु भईरहेको । यो भ्रम चिर्नुनै हाम्रो चुनौती हो ।’ मेयरपदका उम्मेदवार मातृका प्रसाद यादवले बिजयी भएमा आफुहरुले जारी गरेको घोषणा पत्रका सवै काम पाँच बर्षभित्र सम्पन्न गरेर नगरपालीकालाई सम्बृद्ध र समुन्नत बनाउने बताए ।