बुटवल, ३० जेठ । आसन्न स्थानीय तहको निर्वाचनकालागि रुपन्देहीको बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सहकार्य गर्ने सहमति गरेका छन् ।
जस अनसार बुटवल उपमहानगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट खेलराज पाण्डे र उपमेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतबहादुर पोखरेललाई अंगाडी सारिएको छ । त्यस्तैगरि देवदह नगरपालिकामा पनि मेयरमा नेपाली काँग्रेसको तर्फबाट हिराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट टीका न्यौपाने गौतमलाई अंगाडी सारिएको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज हकिकुल्ला खाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा सहमति गरिएको दुबै स्थानका उम्मेदवारहरुलाई विजयी गराउन दुबै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, सुभेच्छुक तथा मतदातामा अपिल गरिएको छ ।
यस अंगाडी नेपाली काँग्रेसले तालमेलको ढोका खुला राख्दै उपमेयर पद खाली राखेको थियो ।