भैरहवा, ३ असार । नेपाली काँग्रेस सिद्धार्थनगर (भैरहवा) का मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादवले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निमार्णका क्रममा अधिग्रहणमा परि बिस्थापित परिवारलाई आवासकोलागी बस्ति बिकास योजनाको खाका प्रस्तुत गर्नुभएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको बहिरा बाल बिद्यालयबाट बिमानस्थलकोलागि अधिग्रहण गरिएको दक्षिणी क्षेत्रसम्म पक्की सडक निमार्ण गर्ने र उक्त क्षेत्रमा बस्ति बिकास गर्ने उहाँले बताउनु भयो ।
अधिग्रहण गर्दा हाल दिएको मुआब्जाले जग्गा खरिद गरी नयाँ घर निमार्ण गर्न सक्ने अवस्था रहदैन । त्यसकारण बिस्थापित परिवारलाई बांकी रहेको आफ्नै जग्गामा घर निमार्ण गर्न आर्थिक हिसावमा हुने र त्यसकालागी अधिग्रहणबाट बचेको दक्षिणी क्षेत्र उपयुक्त देखिएकाले आफुले त्यहाँ बस्ति बिकास गर्ने लक्ष्य लिएको बताउनु भयो ।
बर्षौदेखि बस्दै आएको स्थानबाट अर्को स्थानमा जान असहज हुने हुदा अधिग्रहणमा परेका परिवारको सल्लाह र सुझाव अनुसार आफुले बिमानस्थलको दक्षिणमा पक्की सडक निमार्ण गरी बस्ति बसाल्ने योजना बनाएको बताउनु भयो । सडक बिस्तारसगै बिजुली, ढल, खानेपानी, बिद्यालय, स्वास्थ्य सेवा समेत एकैसाथ लैजाने उहाँले बताउनु भयो ।
मेयर पदका उम्मेदवार यादवले आफु बिजयी भएमा बिस्थापित परिवारलाई घर निमार्णकोलागी नगरपालिकाबाट नक्सा पासमा लिईने शुल्लकमा समेत बिशेष छुट दिएर पुनःस्थापनाकोलागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिका भए पनि नगरपालिकामा बसेको महसुस गर्न नसकेका ग्रामिण बस्तिहरुलाई प्राथमिकतामा राखेर बिकास गर्ने उल्लेख गर्नुभयो । नगरपालिकामा बुझाउनु पर्ने शुल्क समान हिसावमा बुझाई रहेपनि ग्रामिण भेगको बिकास समानुपातिक रुपमा नभएको भन्दै त्यस्ता बस्तिलाई शहरीकरण गरिने उल्लेख गर्नुभयो ।
हलासम्मको घरदैलोको समीक्षा गर्दै उहाँले जनताको बिस्वास र भरोसा काँग्रेसमा रहेको औल्याउनु भयो । यसैबिच मेयर पदका उम्मेदवार यादव र उपमेयर पदकी उम्मेदवार माधवी शर्मा वाग्लेले शनिवार सिनपा ७ मा मतदातासगं अन्तरक्रिया तथा घरदैलो गर्नुभएको छ । घरदैलोमा बडा अध्यक्षका उम्मेदवार भिमसेन कर्माचार्य, सदस्यहरु प्रविणजगं राणा, जिवन घिमीरे, नर्मदा रेग्मी, अकाली भारी सहित नेता कार्यकर्ता सहभागि थिए ।