तिलोत्तमालाई स्मार्ट सिटी बनाउने सपना छ=रामकृष्ण खाँण

1.3K

तिलोत्तमालाई स्मार्ट सिटी बनाउने सपना छ=रामकृष्ण खाँण

  • पैसा र नामका लागि होइन जीवन जनकल्याणको लागि हुनुपर्छ भन्ने आफ्ना बुबाको जीवन दर्शनबाट प्रेरित भएर युवा रामकृष्ण खाँणको चेतना विकसित भयो । बुबा र आमाबाट प्राप्त गरेको राजनीतिक आदर्श लोककल्याणको बाटोतर्फ डो¥याउने मुख्य आधार मान्ने खाँडलाई रुपन्देही जिल्लामा सशक्त संर्घषशिल व्यक्तित्व मानिन्छ । २०२२ सालमा मणिग्राममा जन्मिनु भएका खाँणको बाल्यकाल दुई जना दाजुहरुको बात्सल्य प्रेममा हुर्कियो । मणिग्रामकै ज्योती प्राथमिक विद्यालयमा पाँचौं कक्षामा अध्ययन पछि शान्ती माविमा कक्ष १० सम्म अध्ययन गर्नुभयो । त्यसपछि बुटवल बहुमुखी क्याम्पस र त्रिवीमा स्नातक तहको अध्ययन पुरा गर्नुभयो । क्याम्पसमा नेविसंघमा आबद्ध र सक्रिय रही विद्यार्थी आन्दोलनमा उत्कृष्ठ भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी आन्दोलनमा उत्कृष्ठ भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी अवस्थामै २०३८ सालमा मेलमिलाप दिवस मनाउने क्रममा हिरासतमा बस्नुभयो । स्पष्टबक्ता निर्भिक काँग्रेस नेता खाँण आसन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मुटु मानिने तिलोत्तमा नगरपालिकामा पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार हुनुहुन्छ । प्रस्तुत छ समसामयिक विषयमा नेता खाँण संग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाईको चुनाबी कार्यब्यस्तता कस्तो छ अहिले ?
मुलुकका धेरै जनसंख्या भएको जिल्ला मध्ये रुपन्देही पनि हो । यहाँ १६ स्थानीय तह छन् । त्यस मध्येको महत्वपूर्ण नगर तिलोत्तमामा नगरपालिकाको मेयरमा पार्र्टीले मलाई उमेद्वार बनाएको छ । २ मुख्य शहर बुटवल र भैरहवाको बिचमा रहेकाले पनि यो महत्वपूर्ण नगर हो । उमेद्वार बनेर मतदाताहरुमाझ पुगिरहँदा हौसला पाएका छौं । बिहान ६ देखि राती १० बजेसम्म घरदैलो, प्रचारप्रसारका कार्यक्रम सबै ठांउमा पुगेको छु ।
स्थानीय तहको निर्बाचनमा युवाको प्रतिनिधित्व पनि गरेर एकाएक होमिनुभएको छ के छ प्रतिक्रिया ?
यो स्थानीय तहको अब नजिकको सिंहदरबार हो । पार्टीले स्थानीय तहमा नेतृत्व गर्न जाने उम्मेदबारहरु क्षमताबान गतिशिल योग्य र स्थानीय तहको समस्या, समाधानका उपायका बारेमा जाने बुझेकालाई नै पार्टीले उमेद्वार बनाएको छ । सोही अनुरुप पार्टीले मलाई पनि रोज्यो । जस अनुसार म पनि छनोटमा परें । युवा तरुणहरुले पनि मलाई मेयरको रुपमा अगाडी सारे । युवाको आर्कषण पनि स्वभाबिक हो । उनीहरुको समस्यासंग जुध्ने मानिस नै खोजिरहन्छन् । म जे बोल्छु त्यहि गर्छु, जे गर्छु त्यो बोल्छु त्यसले पनि मलाइ बढि बिश्वास गरेका हुन् ।
तिलोत्तमाबासी र त्यहाँका मतदाता के भन्छन् ?
म नगरका १७ वटा वडामै सामाजिक गतिविधीमा सक्रिय छु । बिहे, ब्रतबन्ध, पूजाआजा, मर्दा पर्दा र पिरमर्कामा पुग्ने गरेकै छु । चुनाब जितेपछि मैले नगरलाई समृद्ध नगर बनाउँछु भन्ने मतदातालाई विश्वास छ । तिलोत्तमालाई ५ बर्षभित्र नेपालकै नमुना, स्मार्ट सिटि बनाउने छु । हरेक बाटो कालोपत्रे, जंहा घर त्यहा बाटो, १ घर १ धारा, स्वच्छ खानेपानी, युवाहरुका लागि खेलकुद मैदान, जेष्ठ नागरिकलाई पार्क बनाएर सम्मान गर्ने योजना छ । हामीले सहमति सहकार्य र एकताका लागि तालमेल गरेका छौं । यहां राष्ट्रिय जनमुक्ति पार्टीसंग तालमेल गरेर अघि बढिएको छ । कमजोर भएर तालमेल गरेको होइन, जिम्मेबारी बोधका कारण हामी सबैको सम्मान र एकतालाइ कार्यान्वयन गर्नको लागि सहकार्य भएको हो । तिलोत्तमा नयाँ नगरपालिका पनि हो । ३ बर्ष अघि मात्र विभिन्न गाविस समेटीएर नगरपालिका बनेको हो । त्यसैले अहिले बिकासका लागि एकिकृत हुनुपर्ने बेला पनि हो ।
घोषणापत्रमा के के छन् ?
भौतिक विकास अन्तर्गत व्यवस्थित बसपार्क निर्माण, तिलोत्तमा नगरक्षेत्र भित्री संचालन भएको चक्रपथ निर्माण कार्यलाई अगाडि, बढाउने, तिनाउ तथा रोहिणी नदी करिडोरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने, बुद्ध सर्किट मार्गको रुपमा रहेको देवदह–मणिग्राम, लुम्बिनी, तिलौरकोट–गोरुसिंगे सडकको निर्माण कार्य अगाडि बढाउन पहल गर्ने, नगरको पूर्वाधार निर्माण तथा व्यवस्थित सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्ने छु । त्यस्तै सबैलाई पायक पर्ने स्थानमा अत्याधुनिक नगर भवन र प्रत्येक वडामा वडा भवन कार्यालय निर्माण गर्ने, नगरक्षेत्रभित्र सस्तो र सुलभ समाजवादी सार्बजनिक विद्युतीय नगरबस सञ्चालनको योजना बनाइनेछ ।
२. कृषि, सिंचाई तथा पशुपालन
३. गौशाला
४. वन, वातावरण तथा जैविक विविधता संरक्षण
५. सामाजिक सुरक्षा र विकास
६. सूचना तथा सञ्चार
७. आधारभूत स्वास्थ्य र सरसफाइ
८. शिक्षा
९. शासकीय सुधार र सेवा प्रवाह
१०. युवा विकास
११. ज्येष्ठ नागरिक एवं अपाङ्गता भएका व्यक्तिलाई सुविधा
१२. पर्यटन तथा सांस्कृतिक प्रबद्र्धन
१३. खेलकुद तथा मनोरञ्जन पार्क
१४. विपद्व्यवस्थापन र पूर्वतयारी
१५. नगर प्रहरी तथा सुरक्षा

तपाईका एजेण्डा के हुन् ?
कृषिका लागि उर्वर भूमि, बन, वातावरण, औधोगिक र पर्यटकीय लगानीका प्रसस्त सम्भावना बोकेको तिलोत्तमालाई नमुना नगर बनाउने, आधुनिक र गुणस्तरीय सडक संजाल, चक्रपथ र भ्यु टावर निमार्ण, नगरभित्रका रोहीणी तिलोत्तमा जस्ता नदिहरुमा तटबन्ध गरी जलाशय निर्माण गर्ने र पर्यटकीय आकर्षणको मुख्य केन्द्र बनाउने मेरोे लक्ष्य छ । गौशालालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, सिचाइको उचित व्यवस्था गरेर कृषिको व्यवसायिकरण गर्दै त्यसलाई पर्यटनसंग जोड्ने योजना अगाडी सारेको छु । नगरभित्र उत्पादनमुकल उद्योगमा लगानी भित्र्याउन र छुट्टै औधोगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने सोच छ । सुकुम्बासी समस्या समाधान गर्ने छु ६ महिनाभित्रमा । तिलोत्तमालाई हराभरा, स्वच्छ, साक्षर र स्वरोजगारयुक्त नगरको रुपमा चिनाउदै देशकै नमुना नगर बनाउने अभियानमा यहाँका बुद्धिजिवी, युवा, महिला, पाका पुस्ता सबै बर्ग र समुदायलाई संगसंगै लिएर अगाडी बढ्नेछु ।
नगरमा औद्योगिकिकरण गर्ने योजना के छ ?
उद्योग धन्दा र ठूला होटलहरु पनि ब्यबस्थापन गर्नुपर्नेछ । नगरको उत्तरतिर जमिन महंगो छ । त्यसैले उत्तरमा बसोबास र दक्षिणमा उद्योग संचालन गर्नुपर्ने हुन्छ । दक्षिणतिर उद्योग स्थापना गर्ने रोजगारी सिर्जना गर्ने ।
नेपालकै ठूला उद्योग पनि यहाँ छन् । उद्योग स्थानान्तरण गर्न परेपनि हामी तिलोत्तमा भित्रै नै ब्यबस्थापन गर्न सकिन्छ । ग्रीनपार्क, ट्रान्सपोर्टजोन बनाउन सक्यौ भने ब्यबस्थापन संगसंगै रोजगारी बढ्न सक्छ । फोहोरमैला प्रशोधन गर्ने ब्यबसायलाई पनि एकिकृत गरेर अघि बढ्न सके आम्दानी पनि रोजगारी पनि नगरपालिकाले सरकारी जग्गामा ब्यबस्थापन गराउने छु ।
सिंचाइ र किसानका लागि के छ योजना ?
पहिला यहांका किसानहरु निकै मर्कामा थिए । अहिले बुटवलमा दैनिक कुलाइका लागि स्याउला बोकेर किसानहरु जानु परेको छैन । पूर्व मन्त्री माननीय सांसद बालकृष्ण खांणले पनि धेरै बजेट छुट्टाएर सिंचाइको थप ब्यबस्थापन गर्नुभएको हो । स्यालो ट्युबेल, १६÷३६ नहरलाई थप ब्यबस्थित बनाउनुपर्नेछ । कोल्ड स्टोर बनाउनेछौं । किसान र नगरपालिका बिचमा सम्झौता गरि केहि लगानी नगरपालिकाको र केहि लगानी किसानको गरि यो अभियान अघि बढाइने सोँच लिएको छु ।
युवाका लागि लक्षित कार्यक्रमहरु के के छन् तपाईको योजनामा ?
काठमाडौं पछि बढि बसाइ सरेर मानिसहरु आउने जिल्ला रुपन्देही हो । युवालाई प्राबिधिक ज्ञान दिने, लगानीका लागि ऋण दिने, बिदेश पलायन रोक्ने मेरो मुख्य एजेन्डा हो । युवालाई हामीले आत्मनिर्भर बनाउने, सीप सिकाउने यहि बस्ने बाताबरण बनाउने हो । अहिलेको खाली कोरा शिक्षा मात्र छ । प्राविधिक शिक्षालाई प्राथमिकतामा राखिएको छ । युवालाई आत्मनिर्भर बनाउने हिसाबले नगरपालिकाले कार्यायोजना बनाउने छ । ५ वर्ष थोरै समय होइन धेरै नै हो यहि काम गर्न इच्छाशक्रि भयो भने काम गर्न मजाले सकिन्छ ।
कांग्रेसले जितिरहेको क्षेत्र तिलोत्तमामा चुनाबी तालमेल किन ?
हामी जित्नमात्र तालमेल गरेका होइनौं शान्ति र बिकासका लागि, तिलोत्तमामा भूगोलभित्र क्षेत्र नम्बर १ र ३ को भूगोलको सिमा पर्छ । क्षेत्र न ३ मा संबिधानसभाको निर्बाचन २०६४ र २०७० मा आदरणीय बालकृष्ण खांणले जित्नुभयो । तिलोत्तमाको बृहतर बिकासका लागि जुन दल भएपनि हामी मिलेरै काम गर्ने हो । गठबन्धन चुनाब जित्नका लागि होइन । हामी पनि एक्लै प्रतिस्प्रधा गर्न सक्छौं, राष्ट्रिय जनमुक्ति पनि सक्छ । संविधान कार्यान्वयन र त्यसको सुनिश्चितता र गणतन्त्रको संस्थागत विकासका खातीर जिम्मेबार पार्टीका नाताले बिकासका लागि हामी मिलेका हौं । हातेमालो गर्न अरु दलपनि चाहनुहुन्छ भने हाम्रो ढोका खुल्लै छ ।
गठबन्धनलाइ नै किन मतदान गर्ने ?
मैले भनिसकें, हामी जित्नमात्र तालमेल गरेका होइनौं शान्ति र बिकासका लागि हो । दुइ पार्टी भएपनि मिलेर तिलोत्तमालाई नमुना बनाऔं, अरु दललाइ पनि हामी खुल्ला छौं । म नामका लागि राजनीति गरेको होइन कामका लागि मेरो उम्मेदबारी हो । हामीलाइ जिताउनुस् काम गर्ने मौका दिनुस् । तिलोत्तमाको कायापलट गर्नेछौं ।
बदरमत घटाउन के गर्नुभएको छ ?
हामी नमुना मतपत्र बोकेर घरदैलोमा पुगेका छौं । पहिलो चरणको निर्बाचनमा जति मत बदर भयो, अब त्यसो हुदैन । हामी निकै सचेततापूर्वक मतदाता शिक्षालाई पनि महत्व दिएका छौं ।
अन्त्यमा मतदातालाइ के भन्नुहुन्छ ?
तिलोत्तमा बासी आदरणीय आमाबुबा, दाज्यूभाई दिदीबहिनी सबैमा मेरो अपील छ । नेपाली कांग्रेसको इतिहास बर्तमान र भबिश्य उज्वल छ । मुलुकमा कांग्रेसकै कारण शान्ति र सबिधांन आएको हो । हामी जे बोल्छौं त्यहि गछौं । गफ गरेर हामी बस्दैनौ । काँग्रेसका उम्मेदवारलाइ रुखमा भोट हालेर बिजयी बनाउनुहुन हार्दीक अपील गर्दछु ।