एमालेको पहाडे राष्ट्रवादले मुलुक विखण्डनतिर: खाँण

1.3K

एमालेको पहाडे राष्ट्रवादले मुलुक विखण्डनतिर: खाँण

देवदह, ६ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले एमालेको पहाडे राष्ट्रवादले मुलुकलाई विखण्डन तिर लगेको आरोप लगाउनु भएको छ । मुलुकलाई मेलमिलाप र एकताको आधारमा अंगाडी बढाउन आवश्यक रहेको बताउँदै हिमाल पहाड र तराईको भावनालाई जोड्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सुंक्त सभालाई मंगलबार देवदहमा सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयन र स्थायीत्वकालागि मुलुकका प्रमुख वास्तविक शक्ति नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच तालमेल भएको दावी गर्नुभयो ।

आसन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको देवदहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरी निर्वाचनमा होमिएका छन् । उहाँले देवदह गौतम बुद्धको मावली पनि भएकाले बुद्धको सम्मान गर्दै देवदहलाई अन्तर्राष्ट्रिय स्तरको नगर बनाउन दुई दलबिचको गठबन्धनबाट निर्वाचित हुने जनप्रतिनीधि लाग्ने र त्यसमा आफूले समेत सहयोग पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य चन्द्रप्रकाश खनालले एमालेको खोक्रो राष्ट्रवादको पछाडी नलाग्न आग्रह गर्नुभयो । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले यहि माघ महिना भित्रै मुलुकमा तिन चरणको निर्वाचन सम्पन्न गर्ने गरि कांगे्रस र माओवादी मिलेर अगाडी बढेको र मुलुकमा विकास र सम्वृद्धिको लहर पैmलाउन दुई पार्टी विचको सहकार्य निरन्तर रहने बताउनु भयो । कांगे्रस र माओवादीको सहकार्यले मुलुकको विकास हुन्छ भन्ने डरले एमाले अतालिएको उहाँको भनाई छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले नेपाली कांगे्रस र माओवादीको वलिदान र आन्दोलनले नेपालमा गणतन्त्र आएको भन्दै यी दुई पार्टीको इतिहास कसैले मेटाउन खोजेर नमोटिने बताउनु भयो । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम सांसद अब्दुल रज्जाकले अरु समयमा जनताका सुख, दुःख नबुझने र निर्वाचनको समयमा मात्र जनताको घरमा पुग्ने पार्टीले जनताको मत रकममा किन्न खोजेको बताउनु भयो ।
अर्का नेता नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव शर्माले नेकपा एमालेले आफुले हार्ने ठाउमा संयुक्त प्यानल बनाइ खडा गर्न खोज्ने र अरु पार्टीले गठबन्धन गर्दा अपवित्र भयो भनि भ्रम छर्ने गरेको आरोप लगाए । नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट मेयर पदको उमेदवार बनेका हिराबहादुर खत्री र उपमेयर बनेकी टिका गौतम न्यौपानेले देवदहमा रहेको अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई व्यवस्थित गरि छिटो भन्दा छिटो जनतालाई लाल पुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।