थानेश्वर घिमिरे
नेपाली काँग्रेसको तर्फबाट सिहारी गाउँ पालिकामा अध्यक्षका उम्मेदवार
थानेस्वर घिमीरे जती सरल र नम्र स्वभावका छन्, त्यतीनै अन्याय र अत्याचार बिरुद्ध भने कडा छन् । २०३८ सालमा पब्लिक उच्च माध्यमिक विद्यालय दयानगर छपियामा ८ कक्षामा अध्यन गर्दा उनी जुनीयर रेडक्रसका अध्यक्ष थिए । जुनबेला सोही बिद्यालयको १४ बिगाहा जग्गा जमीनदारले हडपेका थिए । ब्यबवस्थापन समिति र प्रधानाध्यापकलाई जग्गा फिर्ताकालागि पटक पटक दवाव दिदा सुनुवाई भएन । बिद्यालयको जग्गा गुम्ने अवस्था आएपछि उनले बिद्यार्थीको नेतृत्व गर्दै जग्गा फिर्ताकालागि आन्दोलन गरे र फिर्ता गराई छाडे । जुन बिद्यालय अहिले पनि छपीयाको शैक्षिक बिकासकालागी जग मानिन्छ ।
छपिया क्षेत्रको शैक्षिक बिकासमा उनको यतिमात्र होईन । लिलाधर घिमिरे जनता कलेज स्थापनामा पनि ठुलो योगदान छ । घिमिरे आफै अध्यक्ष भई महायज्ञ सञ्चालन गरि कोष स्थापना गरे । त्यही कोषबाट कलेज स्थापना भयो । बिभिन्न अक्षय कोष स्थापना गरि अहिले पनि २७ जना बिद्यार्थीलाई उक्त कलेजबाट छात्रबृती बितरण हुदै आएको छ । बिद्यालयबाटै यति धेरै छात्रबृत्ती बितरण हुने रुपन्देहीको यो नै पहिलो कलेज हो । पब्लिक उच्च माध्यमिक बिद्यालयबाट उच्च शिक्षा लिएपछि २०४० सालमा कञ्चनपुरमा तारणीदत्त चतौटकोहातबाट नेपाली काँग्रेसको सदस्यता लिए ।
तत्कालीन अवस्थामा उनि सत्यग्रहमा लागे । उनि २०४० देखी ०४६ सम्म कञ्चनपुरमै बसेर पञ्च्यात बिरुद्ध पर्चापम्पलेट बाढ्ने काममा सकृया भएर लागे । आन्दोलन सफल भईसकेपछि उनी अरुलाई काँग्रेसमा प्रवेस गराउने अभियानमा लागे । उनि २०४९ मा स्थानीय निकाय निर्वाचनमा गाविस अध्यक्षमा बिजयी भए । जुनबेला भैरहवाबाट छपिया सिधा सडक सम्वन्ध थिएन । तत्कालिन परिवेश सम्झदै उनले भने –‘बेथरी–छपिया सडक निमार्ण गरेँ । गाविस अध्यक्ष हुदाँ भैलेभुजा योजनासगं मिलेर बेथरी देखी बलैहदासम्म सडक र बिद्युत ब्यबस्थापन पछि मात्र बिकासको ढोका खुल्यो ।’ तत्कालिन अवस्थामा बालकल्याण प्राथमिक विद्यालय, शिद्ध प्राथमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालय, बिरेन्द्र निम्न माध्यमिक विद्यालयको कच्ची भवनलाई पक्की बनाई शिक्षा क्षेत्रलाई थप मझबुद बनाउने काम गरे । ‘त्यती बेला सिमित बजेट थियो । काम गर्न धेरै गाह्रो थियो ।
उनी भन्छन् – समस्याका बाफजुत पनि जिल्ला बिकास समिति, रेडक्रससगं समन्यव गरी खाने पानीकालागी गाउँमा हेण्ड पाईप बितरण गरे ।’ आफ्नो कार्याकाल सकिएपछि पनि उनि बिकास र सामाजिक काममा सक्रिय काँग्रेसका प्रभावसाली नेता बालकृष्ण खाँणको सहयोगमा पछि उनले दानव, सियारी नदीमा पुलहरु निमार्ण गरे । ठाउँठाउमा कल्भर्टहरु राखे । बेथरी बनभुसरी सडकलाई कालोपत्रे गरे । अहिले छपिया सहित साविकका दयानगर, हर्नैया, मैनहीया, चिलीया र अमुवा मिलेर सियारी गाउँपालिका भएको छ । साविकका सवै गाविसलाई जोड्ने गरी चक्रपथ निमार्ण गर्ने मुख्य योजनाका साथ अहिले उनले सियारी गाउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
बिकास तर्पm पाँचबर्ष भित्र सवैको घरघरमा शुद्ध खानेपानी पु¥याउने, २५ शैयाको सामुदायिक अस्पताल निमार्ण गर्ने, हर्नैयामा माध्यमिक बिद्यालय स्थापना गर्ने, सुकुम्बासी समस्यालाई समाधान गर्ने, जनता उम्च माध्यमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालयको स्तरोन्नती गर्ने, सडक बिस्तारको क्रममा अधिग्रहणमा परेका किसानलाई जग्गाको मालिक बनाउने, गाउँपालिको कार्यालय पुग्न एक बर्षभित्र सडक निमार्ण गर्ने, छपिया सिवपुर, बेदौली, भुमका हुदै अमुवासम्मको सडक कालोपत्रे गर्ने, साविकका पाँचबटै गाविसमा रहेका मुख्य सडकहरु पीच गर्ने तथा कृर्षी सडकको स्तर बृद्धी गर्ने उनका मुख्य योजना छन् ।
सिचाई सुविधा नपुगेको क्षेत्रमा स्यालो टुुयवेल सामुहिक रुपमा बितरण गर्ने, छपीयालाई मत्स्य बिकास केन्द्रको रुपमा बिकसीत गर्ने र पर्यटकीय रुपमा बिकास गर्ने उनको योजना छ । तत्कालीन अवस्थामा काँग्रेसकै पहलमा सिचाई डिमाण्ड चार्जमा भएको ५० प्रतिसत छुटलाई फेरी ५० प्रतिसत छुट दिई किसानलाई प्रोत्सहन गर्ने, वेरोजगारी, शैक्षिक बेरोजगार र बिदेश पलायनलाई रोक्न गाउँमै स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने, मत्स्य, कुखुरा, पशु पालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, कृर्षि सहकारी मार्फत कृर्षकको आर्थिक बृद्धिकालागि कार्यक्रमहरु ल्याउने र सिहारी गाउपालिकाको गुरुयोजना बनाई काँग्रेसको नेतृत्वमा नमुना गाउपालिका बनाउने लक्ष्य लिएको घिमिरे बताउँछन् ।