यसरी उम्के भष्ट्राचारका आरोपित सुवेदी

1.3K

यसरी उम्के भष्ट्राचारका आरोपित सुवेदी

बुटवल/बुटवल उपमहानगरपालिमा नेकपा एमालेको तर्फवाट मेयरमा प्रत्यासी शिवराज सुवेदी एमालेमा जवरजस्त स्थापित नाम हो । पार्टी भित्र गुट र उपगुटको लडाई चलिरहेको वेला आफ्नै नेतृत्वमा रहेको एमाले रुपन्देही जिल्ला कमिटीवाट बुटवलको मेयरमा आफ्नो नाम शिफारिस गर्न सफल सुवेदी अन्तत मेयरको टिकट पाएर अहिले मुख्य प्रत्यासी समेत वन्न सफल भएका छन् ।

एमाले पांच नम्वर प्रदेशमा पार्टीका उपमहासचिव विष्णु पौडेलको दवदवा रहिरहेकै वेला सुवेदीले टिकट पाउनु चानचुने कुरा थिएन । तर पार्टीका सचिव प्रदिप ज्ञवालीको निकटताका कारण उनले टिकट हात पारे । बुटवलको मेयरको टिकट पाउनु सुवेदीको सफलता त हो नै, यसवाहेक उनी एकपटक फेरी पार्टीमा शक्तिशाली भएको प्रमाणित गर्न पनि सफल भएका छन । जसरी उनी जिल्ला विकास समिति रुपन्देहीको सदस्य हुदाताका वहुचर्चित वेलवास कजवे निर्माणमा भष्ट्राचारको अभियोगमा पार्टीको कारवाहीमा परेर पनि छोटो समयमै कारवाही फुकुवा गर्न सफल भएका थिए ।

उनले कजवे वनाउदा ठुलो भष्ट्राचार र अनियमितता गरेको भन्दै तत्कालिन जिल्ला कमिटीले उनलाई पार्टीको जिम्मेवारीवाट मुक्त गरेको थियो । अहिले उक्त कजवेको ठांउमा जसरी ठुलो पक्की पुल वनिसकेको छ, त्यसरी नै अहिले शिव सुवेदी भष्ट्राचारको आरोपलाई पछाडी छाडेर वुटवलवासीको घरघरमा मत माग्दै हिडेका छन् । (तिलोत्तमा दैनिकमा समाचार छ ।)