बुटवल/ स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का अधिकांश स्थानीय तहमा मतगणना भइरहेको छ ।
मतगणना भइरहेका स्थानीय तहबाट प्राप्त प्रारम्भिक नजिताअनुसार हालसम्म नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार कांग्रेस ६६, एमाले ५७, माओवादी १६,अन्य १२ स्थानमा अगाडि स्थानमा अग्रता लिएको छ ।बुटवल मा एमालेले वार्ड न एक मा जितेको छ जुन काङ्रेस को बलियो वार्ड मानिन्थ्यो वार्डमा एमालेले जिते पनी मेयरमा भने काङ्रेस ले ३८३ मतले अग्रता लिएको छ्
१४ असारमा भएको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।