रुपन्देही देवदह नगरपालिकामा कांग्रेसका हिरा केसी बने मेयर

1.3K

रुपन्देही देवदह नगरपालिकामा कांग्रेसका हिरा केसी बने मेयर

बुटवल/रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेसले जितेको निकालेकाे छ ।नगरको मेयरमा कांग्रेसका क्षेत्र न  १ का सभापति समेत रहेका युवा नेता हिरा केसी बिजयी भएका हुन् । केसीले ११३ मत अन्तरले एमालेका उम्मेदबारलाई पछि पारेका हुन् ।कांग्रेसका  के सीले  १० हजार २ सय ११ मत ल्याउदै बिजयी भए भने एमालेका उम्मेदबार टीकाराम चापागाईँ ले १०  हजार ९८ मत मात्र पाए ।

३ वटा वडामा प्यानल सहित मेयरपद पनि काँग्रेसले जितेकाे हाे ।उपमेयरमा भने एमालेकी बिद्यालक्ष्मी गुरुङ्ग बिजयी भइन् ।  उनले १० हजार २ सय ११ र माअाेबादीकी टीका न्याैपानेले ७ हजार ६६ मत पाइन् । देवदहका ९ वटा वडामा भने एमालेले जित निकालेकाे छ ।