एमालेका बासु घिमिरे बने तिलोत्तमा नगरपालिकामा मेयर

1.3K

एमालेका बासु घिमिरे बने तिलोत्तमा नगरपालिकामा  मेयर

बुटवल/रुपन्देहीको तित्तमा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ ।एमालेले मेयर, उपमेयर दुवै पदमा जित दर्ता गरेको हो ।
यहां नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी तालमेल थियो ।उनीहरु एउटै चुनाव चिन्ह रुखमा चुनाव लडेका थिए ।
एमालेबाट मेयर पदका उम्मेदवार वासुदेव घिमिरेले १९ हजार ०८४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सचिब समेत रहेका रामकृष्ण खांणले १६ हजार २ सय ६४ मत ल्याए ।

परिणाम आएपनि औपचारिक रुपमा घोषणा भने हुन सकेको छैन ।

उपमेयरमा पनि एमाले बिजयी भएको छ । एमालेकै जागेश्वरी चौधरीले १९ हजार २ हजार २४ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्तिकी गीता सारुको १६ हजार ००६ मत आएको छ ।
यो कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिब घनश्या भुसालको गृहनगर समेत हो ।