बुटवल, साउन । एनआईसी एशिया बैंक लिमिटेड शाखा बिस्तारकालागि आक्रामक रुपमा अंगाडी बढेको छ । २०२० रणनीति बनाएर अंगाडी बढेको बैंकले सन् २०२० सम्ममा मुलुक भरमा ३०० शाखा पु¥याउने लक्ष्य लिएको छ ।
त्यसमध्ये लुम्बिनी अञ्चलमा मात्रै ५० भन्दा बढी शाखा बिस्तार गरिने लुम्बिनी क्षेत्रीय कार्यालयका प्रवन्धक तिलकसुन्दर कार्कीले बताउनु भयो ।
१९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि एनआईसी एशिया बैंकले राष्ट्रिय रुपमा अहिले पनि लिड गरेको र उक्त समयसम्म लुम्बिनी अञ्चलमा पनि लिडिङ् बैंकको रुपमा स्थापित गर्ने उहाँले दावी गर्नुभयो ।
हाल उक्त बैंकको नेपाल अधिराज्य भरी ११९ शाखा, ७० एटिएम र ४ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन् भने लुम्बिनी अञ्चलमा मात्रै १३ वटा शाखा कार्यालय सञ्चालनमा छन् । चालु आर्थिक वर्ष भित्रमा लुम्बिनी अञ्चलमा मात्रै थप २४ वटा शाखा बिस्तार गरिने क्षेत्रीय कार्यालय लुम्बिनीका वरिष्ठ अधिकृत रामप्रसाद पोखरेलले बताउनु भयो ।
आर्थिक बिकासको केन्द्र भएको र उच्च गतिमा आर्थिक गतिबिधी हुने गरेकाले रुपन्देही जिल्लालाई आधार मानेर लुम्बिनी अञ्चलका जिल्लाहरुका पनि दुर दराजमा शाखा बिस्तार गर्न लागिएको क्षेत्रीय प्रवन्ध कार्कीले बताउनु भयो ।
सन् १९९८ मा बिराटनगरमा बिकास बैंकको रुपमा एनआईसी बैंकको नामबाट सेवा सुभारम्भ गरेको उक्त बैंक पछि बैंक अफ एसीया संग मर्जर भएर एनआईसी एशिया भएको हो ।
आईएसओ सर्टिफाईड उक्त बैंकको हाल ८७ अर्व डिपोजिट, साढे ७२ अर्व कर्जा प्रवाह गरेको छ भने ६ अर्व ६९ करोड जारी पुँजी रहेको छ । त्यस्तै २ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।