महासचिव क्षेत्रीलाई समितिको सम्मान

1.3K

महासचिव क्षेत्रीलाई समितिको सम्मान

बुटवल, ५ साउन । बुटवल यातायात व्यबसायी समितिले समितिका महासचिव गणेशबहादुर क्षेत्रीलाई सम्मान गरेको छ । गत असार १४ गते सम्पन्न समितिका महासचिव क्षेत्री स्थानीय तहको निर्वाचनमा कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित भएकोमा समितिले बिहिबार बुटवलमा एक समारोहको आयोजना गरि सम्मान गरेको हो ।

वडा अध्यक्ष क्षेत्रीलाई बधाई सहित सम्मान गर्दै समितिका संरक्षक सिता घिमिरे, अध्यक्ष दिलबहादुर थापा, यातायात व्यबसायी राष्ट्रिय महासंघका सदस्य रबिन्द्रमान श्रेष्ठलगायतले जनताको सच्चा सेवक भएर काम गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष अशोक श्रेष्ठ, सचिव दिपक श्रेष्ठ, कोषाध्यक्ष रामबहादुर शाही, सदस्य ज्ञानबहादुर सार्की, कबिनमान श्रेष्ठ, बालकमार यादव लगायतले नव निर्वाचित वडा अध्यक्ष क्षेत्रीको सफल कार्यकालको कामना गर्नुभएको थियो ।

सो अवसरमा वडा अध्यक्षमा निर्वाचित महासचिव क्षेत्रीले सम्पूर्ण यातायात व्यबसायीको सहयोगका कारण आफू निर्वाचित भएको भन्दै जनमतको सम्मान र जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।