सन्राइजमा मेहेन्दी उत्सव कार्यक्रम

1.3K

सन्राइजमा मेहेन्दी उत्सव कार्यक्रम

बुटवल, ६ साउन । सन्राइज बैंक लि. बुटवल शाखाले महिलाका लागि मेहेन्दी उत्सव आयोजना गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत शुक्रवार मेहेन्दी उत्सव २०७४ आयोजना गरेको हो ।

बैंकको शाखा कार्यालय बुटवल मिलनचोकमा सम्पन्न उत्सवमा सय जना भन्दा वढी महिलाले मेहेन्दी लगाएका थिए । साउन महिनामा मेहेन्दी लगाउने चलनलाई सम्मान गर्दै उत्सव आयोजना गरिएको र यसले महिला सशक्तिकरणको अभियानमा समेत सहयोग पुग्ने शाखा प्रबन्धक राजेन्द्र घिमिरेले विश्वास व्यक्त गर्नुभयो । उहाँले अझै पनि धेरै जसो महिलाहरु बैंकको पहुँचमा नभएको र उनीहरुलाई आफ्नै नाममा बैंक खाता खोलेर उद्यमशील बन्न प्रेरित गर्ने लक्ष्यका साथ मेहेन्दी उत्सव गरिएको जानकारी दिनुभयो ।

सन्राईज बैंकले साउन महिनामा प्रत्येक वर्ष मेहेन्दी उत्सव कार्यक्रम गर्दै आएको छ । जस अनुसार साउन महिना भरी एक शाखामा एक दिन यस्तो कार्यक्रम गरिँदै आएको बैंकले जनाएको छ । हरियो महिनाको रुपमा चिनिने साउनलाई महिला दिदी–बहिनीहले विशेष महत्व दिने गरेका छन् ।