बुटवल साउन ।
पत्रकार महासंघ रुपन्देहीको विवाद समाधानका लागि विभिन्न आन्दोलनरत संगठनहरुले केन्द्रिय समितिको ध्यानाकर्षण गराएका छन् । रुपन्देही आईपुगेको महासंघको मिसन टोलीललाई भेटि तत्काल रुपन्देहीको विवाद समाधानका लागि पहल गर्न उनिहरुले आग्रह गरेका हुन् । टोलीमा सहभागि महासंघका महासचिव उजिर मगर सहितको टोलीललाइ सम्युक्त रुपमा ज्ञापन पत्र समेत बुझाएका छन। निर्वाचनका भेला भएको गंभिर त्रुटि सच्चाउदै महासंघललाइृ सबै पत्रकारहरुको आपनत्व महसुस हुने खालको वावातरण बनाउन आग्रह गर्दै अन्यथा पत्रकार महासंघ रुपन्देही अवका दिनमा साझा संगठन हुन नसक्ने उनिहरुले चेतावनी समेत दिएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्का,नेपाल प्रेस सोसाईटीका रुपन्देही संयोजक रमेश पोख्रेल र संघिय पत्रकार परिषदका सचिव सोनु थापाद्धारा सम्युक्त रुपमा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा पत्रकार महासघ रुपन्देही समस्याको समाधानका लागि तयार नदेखिएको समेत उल्लेख छ । ज्ञापन पत्र बुझ्दै महासघका महासचिव मगरले पत्रकार महासंघ सबैको साझा संगठन भएको भन्दै रुपन्देही जिल्लाको समस्या समाधानका लागि केन्द्रको गंभिर भ्यानाकर्षण भएको र केहिदिन भित्र विवाद समाधान हुने विश्वाश दिलाउनु भयो ।सो अवसरमा महासंघका सचिव द्धय प्रभात चलाउने र संगिता खड्काले पनि रुपन्देहीको समस्यामा समाधानमा ठिलो गर्न नहुने बताउनु भएको थियो ।फागुन ३ गते भएको रुपन्देही शाखाको अधिवेशनमा तत्कालिन निर्वाचन समितिले नियतबश गरेको गल्तीका कारण जितेका उमेदवारहरुले हार्नु परेको र हारेका कतिपय उमेदवारहरुले जितेको भन्दै घोषणा गरिएको थियो ।