बुटवल, ११ असार । रुपन्देहीमा भएको सवारी दुर्घटनामा परि जिल्ला शिक्षा कार्यालय रुपन्देहीका बिद्यालय निरिक्षकको ज्यान गएको छ ।
बुटवल भैरहवा सडक खण्डको पड्सरीमा भएको सवारी दुर्घटनामा परि रुपन्देहीका बिद्यालय निरिक्षक चन्द्रबहादुर कुंवरको ज्यान गएको हो । बुटवलबाट भैरहवा तर्फजांदै गरेको लु.१.ख ५०२६ नम्बरको ट्रकले कुंवर सवार लु.१८.प २६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते कुंवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कुंवर शिक्षा कार्यालयको बैठकमा सहभागी हुन भैरहवा जाँंदै हुनुहुन्थ्यो । कुवरको निधन भएकोमा शोक ब्यक्त गर्दै प्याब्सन रुपन्देहीले मणिग्राम स्रोत केन्द्र अन्तरगतका नीजि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कुवँरको निधनमा शोक व्यक्त गर्दै एक दिन उक्त स्रोत केन्द्र अन्तरगतका बिद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । मणिग्राम स्रोत केन्द्र अन्तरगत योगिकुटीदेखि दक्षिण र ठुटेपिपलदेखि उत्तरका विद्यालय पर्दछन् ।
यस्तै नेशनल प्याब्सन रुपन्देहीले पनि कुँवरको निधनमा शोक ब्यक्त गरेको छ । एन प्याब्सनका अध्यक्ष देउप्रकाश राईले विज्ञप्ती निकालेर कुवरको शोकमा मणिग्राम स्रोत केन्द्र अन्तरगतका विद्यालयहरु भोली बिहीबार एक दिनका लागि बन्द रहने जानकारी दिनुभयो ।