झडपमा ८ प्रहरी तथा दर्जन प्रदर्शनकारी घाईते

1.3K

झडपमा ८ प्रहरी तथा दर्जन प्रदर्शनकारी घाईते

बुटवल, १७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विद्युत उपभोक्ता र प्रहरीको झडमा परि ८ जना प्रहरी तथा एक दर्जन प्रदर्शनकारी घाईते भएका छन् ।

तिलोत्तमा नगरपालिकाका मंगलापुरमा विद्युत उपभोक्ताले पटक पटक लोड सेडिङ् भएको तथा लोड सेडिङ् नभएको समयमा पनि लो भल्टेज विद्युत आएको भन्दै त्यसको बिरोधमा सडक अवरुद्ध गर्ने क्रममा प्रहरीसंग झडप भएको थियो ।

विद्युत आपूर्तिमा भएको समस्या समाधान गर्नकालागि दवाव दिँदै विद्युत कार्यालयमा तालावन्दी गरि सडकमा ओर्लेर बुटवल भैरहवा सडक खण्डमा यातायात अवरुद्ध गर्ने क्रममा प्रहरीसंग झडप भएको हो ।

प्रहरीले अवरोध हटाउन खोजेको र त्यस क्रममा प्रहरी माथी नै प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । सडक जाम गरेर ढुंगामुडा गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले तीन सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।

झडपका क्रममा ८ जना प्रहरी र करिव एक दर्जन प्रदर्शनकारी घाईते भएको बताईएको छ । त्यस्तै क्रममा दुई वटा सवारी साधनमा समेत तोडफोड भएको छ भने तीन जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।