एम्नेष्टि बुटवलमा पन्थी

1.3K

एम्नेष्टि बुटवलमा पन्थी

बुटवल, २१ साउन । एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलको २८ औं वार्षिक साधारण सभा तथा परिषद बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।

परिषद बैठकले रामप्रसाद पन्थीको संयोजकत्वमा आगामी दुई वर्षे कार्यकालकालागि नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको सहसंयोजकमा कबिन्द्र नेपाल, सचिवमा शरिता बज्राचार्य भारी, कोषाध्यक्षमा राधिका गौतम र सदस्यहरुमा खगेन्द्रप्रसाद शर्मा, तारा भण्डारी र पुरनबहादुर ज्ञवाली सर्वसम्मत रुपमा चयन भएको निर्वाचन आयुक्त करुण खनालले जानकारी गराउनु भयो ।
यस अंगाडी समुहकी संयोजक बालकुमारी भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा सचिव कबिन्द्र नेपालले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राधिका गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त दुबै प्रतिवेदनलाई साधारण सभाले पारित गरेको छ ।

कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व महासचिव तथा समुहका सल्लाहकार करुण खनाल, सल्लाहकार खडानन्द भण्डारी, सहसंयोजक रामप्रसाद गौतमले भनाई राख्नुभएको थियो ।