बुटवल, २१ साउन । यस वर्षको एसईईको नतिजामा बुटवल–७ शिवनगर स्थित आवर पीसल्याण्ड एकेडेमीका छात्र निशान्त नेपाल प्रथम हुन सफल भएका छन् ।
गत असार २ गते प्रकाशित एसईई नतिजामा जनसंख्या र वातावरण शिक्षा बाहेक अन्य सम्पूर्ण विषयमा ए प्लस ग्रेड प्राप्त गरी पाण्डेले जिपिए ३.९५ पाण्डेले प्राप्त गरेका थिए ।
जनसंख्या र वातावरणमा प्राप्त ए ग्रेड चित्त नबुझेपछि पाण्डेले पुनःयोगका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा निवेदन दिएका थिए । परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नजिता अनुसार उक्त विषयमा समेत ए प्लस प्राप्त गरी ४ जिपिएका साथ पाण्डे नेपाल प्रथम भएका बिद्यालयले जनाएको छ ।
यस वर्षको परीक्षामा रूपन्देहीबाट २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् ।