बुटवल, २१ साउन । महिलाहरुले मनाउने हरितालिका तिज पर्व नजिकिँदै गर्दा नेपाल व्यूटिसियन संघ बुटवल नगर समितिले शनिबार बुटवलमा तिज बिशेष कार्यक्रम गरेको छ ।
तिज बिशेषत महिलाहरुले मनाउने पर्व भएकाले संघमा आवद्ध महिला दिदी बहिनीलाई जम्मा गराएर रमाईलो गर्नकालागि तिज बिशेष कार्यक्रम गरिएको समितिकी अध्यक्ष बिष्णु थापाले बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल व्युटिसियन संघ रुपन्देहीकी अध्यक्ष रेणु कर्माचार्य, क्षेत्रीय अध्यक्ष सीता अर्याल, ईम्ब्रोईडरी संघकी लक्ष्मी श्रेष्ठले शुभकामना सहित तिजलाई भड्कीलो भन्दा पनि सौहार्दमय वातावरणमा मनाउनुपर्ने भनाई राखेका थिए ।
संघकी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव शरिता गिरीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय कलाकार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, स्थानीय कलाकारहरु प्रिया भण्डारी, दुर्गा पंगेनी, दुर्गा नेपाल, सोनम दर्लामी लगायतले तिजका गित प्रस्तुत गरेका थिए ।