वार्षिकोत्सवमा बिद्यार्थीलाई छात्रबृत्ती

1.3K

वार्षिकोत्सवमा बिद्यार्थीलाई छात्रबृत्ती

बुटवल, भदौ । बुद्ध सामुदायिक टेलिभिजनले १० औ बार्षिकोत्सवको अवसरमा आयोजना गरेको साता व्यापी कार्यक्रम अन्तरगत बिहिबार रुपन्देहीको मायादेवी गाउपालिकामा छात्रबृति वितरण गरेको छ ।

विगत पांच बर्षदेखि लगातार टेलिभिजनले सामाजिक उत्तरदायित्व वहन गर्दै गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगद सहित सम्मान गर्दै आएको छ । मायादेवी गाउपालिका अन्तरगत रहेका तिनवटा फरक फरक विद्यालयका ३ जना विद्यार्थीलाई जनही ५ हजार रुपैया नगद सहित सम्मान गरिएको हो ।

स्थानीय गाउंपालिकाको सिफारिसका आधारमा तिनाउ निमावि कक्षा ५ मा अध्यनरत छात्र सुविन ढाडी, गुरवानी माई माध्यमिक विद्यालय कक्षा ५ मा अध्यनतर छात्र खुश्बुराज चमार र बसौली प्रथमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छात्रा गुन्जनी हरिजनलाई नगद छात्रबृत्ति सहित सम्मान पत्र प्रदान गरिएको टेलिभिजनका अध्यक्ष पृथवहादुर फौदारले जानकारी दिनुभयो ।