बुटवल, भदौ । तीजलाई मौलिक पर्वका रुपमा मनाउनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
बुटवलमा सञ्चालित रेडियो नमस्तेले आयोजना गरेको तीज गित प्रतियोगिता तथा तीज विषेश कार्यक्रममा बोल्ने बक्ताहरुले तिजको मौलिक संस्कृतिलाई जोगाउदै अधिकार प्राप्ति र लैगिंक समानताका लागि आवाज उठान गर्ने माध्यमको रुपमा मनाउन सुझाव दिएका हुन् ।
बिहिबार भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले महिलाहरुको समस्या बाहिर ल्याउने माध्यमाका रुपमा तीजको प्रचलन चलेको स्मरण गर्दै तिज पर्वलाई मौलिक संस्कृतिकै रुपमा अंगाडी बढाउनु पर्ने बताउनु भयो ।
रेडियो संचालक समितिका कार्यवाहक अध्यक्ष चिरन्जिवी ज्योशीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका कार्यवाहाक अध्यक्ष खेम हमाल, लोक दोहोरी गित प्रतिष्ठान रुपन्देहीका संरक्षक टंक गैरे, रेडियोका स्टेशन म्यानेजर डायलसन अधिकारी, व्यवसायी बसन्त ढकाल, चण्डी बस्याल लगायतले बोलेका थिए । प्रतियोगितमा जनहित आमा समूह जानकीनगर प्रथम, कैलाशकुट शिवमन्दिर आमा समूह शंकरनगर द्वितीय र स्मृति समूह तृतीय भएका छन् । विजयी टिमलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।