जिसस कपिलवस्तुमा काँग्रेसको प्यानल विजय

1.3K

जिसस कपिलवस्तुमा काँग्रेसको प्यानल विजय

कपिलवस्तु,  भदौ । जिल्ला समन्वय समिति कपिलवस्तुमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । आज शुक्रबार भएको निर्वाचनमा संयोजकमा काँग्रेस प्यानलका नारायण खनाल बिजयी हुनु भएको छ ।

बुद्धभूमि नगरपालिकाका खनालले १२ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेयले जानकारी दिनु भयो । उप—संयोजकमा काँग्रेसकै तारावती चौधरी विजयी हुनु भएको छ ।

७ सदस्य पनि काँग्रेसकै बिजयी भएका छन् ।सदस्यहरुमा काँग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु, काजु ताडीवानतेज बहादुर रायमाझी, घनश्याम मौर्य र अनुप कुमार पाण्डेय रहेका छन् ।

तौलिहवामा भएको निर्वाचनमा काँग्रेस र एमालेले छुट्टा छुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए । कांग्रेस प्यानलमा २ स्वतन्त्र र माओवादी केन्द्र थिए भने एमालेलाई संघीय समाजबादी फोरम नेपालले साथ दिएको थियो ।

१० स्थानीय तह रहेको यस जिल्लामा जिसस चुनावका लागि काँग्रेसको ५, स्वतन्त्र २, एमालेको २ र संघिय समाजवादी फोरमको १ मत रहेको थियो ।