बुटवल, २९ भदौ । बुटवलको जनता माध्यमिक बिद्यालयमा मारवाडी महिला मञ्चले निर्माण गरेको खानेपानी टंकी उद्घाटन गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । वाल दिवस तथा पितृ पक्षको अवसर पारेर बिहीबार नव निर्मित खानेपानी टंकीको उद्घाटन गरि बिद्यालयलाई हस्तान्तरण गरिएको हो । विपन्न तथा निम्नस्तरका मजदुरका छोराछोरीले अध्ययन गर्ने उक्त बिद्यालयमा खानेपानीको समस्या देखिएकाले वालबालिकालाई खानेपानी सहज उपलब्ध होस भनेर मारवाडी महिला मञ्चले टंकी निर्माण गरेको मञ्चकी अध्यक्ष रेखा मालपानीले जानकारी दिनुभयो ।
उक्त टंकीको उद्घाटन गर्दै सोही बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष झपटबहादुर गुरुङ्ले बिद्यालयको आन्तरिक आयस्रोत नहुँदा आर्थिक अभाव भएपनि शैक्षिक सुधारका लागि व्यबस्थापन समितिले हार गुहार गरिरहेको बताउनु भयो । उहाँले बिद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त नभएको र आवश्यकता पूर्तिकालागि समितिले दाताहरुसंग मागेर भएपनि सुधारका काम अंगाडी बढाएको जानकारी गराउनु भयो ।
यस अंगाडी पनि मारवाडी महिला मञ्चले बिद्यालयमा फर्निचर सहयोग गरेको थियो भने मारवाडी युवा मञ्चले बिद्यार्थीलाई शैक्षिक सामाग्रि उपलब्ध गराएको र अव बिद्यालय प्राङ्गढमा सरस्वतीको मन्दिर निर्माण गर्ने अध्यक्ष मालपानीले जानकारी गराउनु भयो । कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक आशा थापा बस्नेतले बिद्यालयमाा आवश्यकता अनुसार विषयगत शिक्षकको दरवन्दी नभएको भन्दै जिल्ला शिक्षा कार्यालयलाई दरवन्दी थप गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार कबिन्द्र नेपाल, मञ्चकी उपाध्यक्ष शोधना मित्तल, मारवाडी युवा मञ्च रुपन्देहीकी अध्यक्ष नेहा अग्रवाल, शिक्षिका जानकी पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा जिल्ला शिक्षा कार्यालयले वितरण गर्ने गरिव, दलिद तथा जेहेन्दार छात्रबृत्ति समेत बिद्यार्थीलाई वितरण गरिएको थियो ।