बुटवल । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रचार समिति गठन गरेको छ । मंगलबार काँग्रेसले संसदीय बोर्डका सदस्य समेत रहेका खाँडलाई प्रचार समिति संयोजक तोकेको हो ।
आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी नदिई समानुपातिक निर्वाचनको लागि बन्दसूचीमा नाम पठाईएपछि उनलाई यस्तो जिम्मेवारी दिईएको हो।
स्थानीय तहको निर्वाचनमा प्रचारप्रसार समितिको संयोजकको रुपमा रहेका नेता रमेश लेखक र सहसंयोजक गगन थापा मध्ये दुबैजना प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारीमा रहेकोले खाँडलाई संयोजक तोकिएको हो ।
खाँड संयोजक तोकिएसँगै समितिको पहिलो बैठक बालुवाटारमा मंगलबार साँझ बसेको छ् ।बैठकमा प्रचार प्रसारको कामलाई कसरी ब्यबस्थीत् गर्ने र् समिती बिस्तारका बारेमा गहन छलफल भएको संयोजक खाँडले लुम्बिनिअनलाइनलाई जानकारी दिनुभयो|