व्याडमिन्टनको उपाधी बिनोद र सुदनलाई

1.3K

व्याडमिन्टनको उपाधी बिनोद र सुदनलाई

बुटवल, १८ कात्तिक । न्यू लुम्बिनी व्याडमिन्टन क्लव बुटवल ७ शिवनगर रुपन्देहीले आयोजना गरेको प्रथम जिल्ला स्तरीय खुल्ला व्याडमिन्टर प्रतियोगितामा शनिबार सकिएको छ ।

प्रतियोगितामा पुरुष डवल तर्फ तामनगर क्लवका बिनोद र सुदनको टिम प्रथम भएको छ । धागो कारखानाको मधु र पदमको टिम द्वितीय भएको छ । प्रतियोगितामा बुटवल क्लवका महेश र प्रकाश तथा भैरहवा क्लवका जीवन र अशोकको समुह तृतीय भएका छन् ।

त्यस्तै पुरुष भेट्रान्स तर्फ आयोजक क्लव लुम्बिनीका दिपक र दिलिपको समुह प्रथम भएको छ । त्यस्तैगरी तामनगर क्लवका अनिल र मधुको टिम द्वितीय भएको छ । प्रतियोगिताको समापन कार्यक्रममा पुरुष डवल तर्फ प्रथम हुनेलाई ३२ हजार १११ र द्वितीय हुनेलाई २२ हजार १११ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै सेमिफाईनलबाट आउट भएका दुई टिमलाई जनही १२ हजार १११ रुपैंया नगद प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

भेट्रान्स तर्फ प्रथम हुनेलाई १२ हजार १११ र द्वितीय हुनेलाई ७ हजार १११ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उक्त पुरस्कार आयोजक क्लवका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्र, प्रतियोगिताका संयोजक बोनिन पिया, प्रचार संयोजक जीवकान्त काफ्ले, नरेश श्रेष्ठ लगायतले प्रदान गर्नुभयो ।