
बुटवल, २७ कात्तिक । नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. २ मा प्रचार प्रसारको कामलाई तिव्रता दिएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरी तथा प्रदेश सभा तर्फ २(१) का उम्मेदवार काजिमान श्रेष्ठ र २(२)का उम्मेदवार महेशमान सिंहले प्रचार प्रसारको कार्यक्रम अन्तरगत घरदैलो तथा भेटघाटका कार्यक्रमलाई निरन्तर गर्दै आउनु भएको छ ।
संविधान सभाका माध्यमबाट बनाएको संविधानको रक्षाकालागि र लोकतान्त्रिक व्यबस्था संरक्षणकालागि पनि आसन्न प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको जित अनिवार्य रहेकाले नेपाली काँग्रेसलाई जिताउन उनीहरुले मतदातालाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेसले सोमबार प्रदेश सभा तर्फ २(१) अन्तरगत बुटवल उपमहानगरपालिकाको वडा नं. ११ र २(२) अन्तरगत बुटवलकै वडा नं. २ मा घरदैलो गरिएको प्रचार प्रसार समितीका संयोजक महासमिति सदस्य रामबहादुर कार्कीले जानकारी दिनुभयो । घरदैलोका क्रममा प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले हरेक हिसावले आफू सक्षम रहेकाले एक पटक बिचार गरेर हेर्न आग्रह गर्दै जनमतको अपमान हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै प्रदेश सभा तर्फ २(१)का उम्मेदवार काजिमान श्रेष्ठले आफू मजदुर फाँटबाट आएकाले मजदुकार समस्या समाधान गर्न पहल गर्ने बताउँदै समग्र मुलुकको समृद्धिकालागि पहलकदमी गर्ने बताउनु भयो ।
त्यस्तैगरी प्रदेश सभा २(२)का उम्मेदवार महेशमान सिंहले मुलुकको आर्थिक बिकासकालागि औद्योगिक क्रान्तिकालागि उद्योगमैत्री वतावरण बनाई मुलुकको वेरोजगारी समस्यालाई हटाउने बताउनु भयो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु उम्मेदवारसंगै हिंडेका थिए ।