सूर्य खनाल
गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले नेपाली काँग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताउनु भएको छ ।
नेता भण्डारीले कालीगण्डकी गाउँ पालिका वडा नम्बर ७ भुर्तुङ्गमा मंगलबार आयोजित चुनावी सभामा सो कुरा बताउनुभएको हो ।
उहाँले आफुले चुनाब जितेपछि निरन्तर जनतामाझ पुगेको र जनताका समस्या सहजिकरणका लागी अहोरात्र खटेको बताउदै भन्नुभयो,“ मैले निर्वाचन गरेपछि गुल्मीको पूर्वाधार र सेवा क्षेत्रको विकासमा गरेको योगदानबाट त्रसित भएका कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेका छन् ।”
उहाँले जिल्लामा सडकको विस्तार र स्तरोन्नतिको लागि गरिएको कामको प्रभाव राम्रो भएकोले यसमा विवाद सिर्जना गर्न खोजिएको बताउदै भन्नुभयो,“सडक डिभिजनको रातो किताब तयार गर्ने बेलामा मैले लेटरप्याडमा लेखेरै योजनाहरु समावेश गर्न लगाएको हुँ । आइसकेका योजनामा विवाद गर्नुको अर्थ नभएको बताउदै उहाँले हुति भए नयाँ काम गरेर जस लिन कम्युनिष्ट गठबन्धनका प्रतिद्धन्द्धीलाई चुनौति दिनुभयो ।”
उहाँले गरिब जनतालाई भ्रममा पारेर कांग्रेसको असल कामको जस दिन नसक्ने कम्युनिष्टहरुले आफूले अवसर पाएको बेलामा भ्रष्टाचारमा लिप्त भएर गनाएको पनि उल्लेख गर्नुभयो ।
निर्वाचन अभियानको क्रममा चुनावी सभा र घरदैलो कार्यक्रम साथसाथै लगिरहनुभएका चन्द्र भण्डारीको प्रचार कार्यक्रम निर्वाधरुपमा निरन्तर चलिरहेको छ ।
उहाँको अभियानमा प्रदेश नम्बर १ का उम्मेदवार पृथ्वी फोदार , पूर्व साँसद कृष्ण छन्तेल, ने।का। जिल्ला उपसभापति विष्णु बलाल , कालीगण्डकी गाउपालिका अध्यक्ष बेद थापा लगायत साथै रहनुभएको छ ।