बुटवल, २९ कार्तिकनेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार विष्णु प्रसाद पौडेलले बुधबार बुटवल उपपहानगरपालिका वडा नं. १२ मा संयुक्त बाम गठबन्धन निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका छन ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसंगै रुपन्देहीमा प्रचारप्रसार तिब्र भएको हो । गाउदेखि केन्द्रसम्म बापन्थीको सरकार, आत्मनिर्भर नेपाल हाम्रो उपहार भन्ने नारासहित वाम गठबन्धनले प्रचार कार्यालय स्थापना गर्ने कामलाई अघि बढाएको छ ।
बाम गठबन्धनको संयुक्त अभियानको अन्तिम लक्ष्य पार्टी एकिकरण सहित देशलाई आर्थिक सवृद्धि गराउने भएको भन्दै पौडेलले केन्द्र र प्रदेशमा बलियो सरकार बनाउन सकेमात्र यो सफल हुने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदबार भोज प्रसाद श्रेष्ठले दुई तिहाई मत ल्याउदा बाम गठबन्धनले अधिनायकबाद लाद्ने र तानाशाह कायम हुने भन्दै विपक्षीहरुले गलत प्रचार गरेको भन्दै एक पटक राम्ररी अध्ययन गर्न सुझाव दिए । प्रदेशको राजधानी पूर्वाधारका हिसाबले रुपन्देही उपयुक्त रहेको समेत उनले दाबी गरे ।
महिला परिचालन समितिका संयोजक गुमादेवी आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सभासद बिनोद पहाडी, समानुपातिका उम्मेदबार रेन्जु श्रेष्ठ, साबित्री अर्याल, समानुपातीक उम्मेदबार कमल गौतम, एनेकपाका केन्द्रिय सदस्य पुष्प ढकाल, चित्र बहादुर केसी, हरिप्रसाद घिमिरे, टिका ओली, जगत पोखरेलले बाम गठबन्धनको जित सुनिश्चित रहेको बताए