बुटवल, ४ मंसिर । नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. १३ मा कोण सभा गरेको छ । कोण सभामा नेताहरुले लोकतन्त्रको रक्षाकालागि अहिले नेपाली काँग्रेसको बलियो उपस्थिती हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले बुटवललाई प्रदेश राजधानी बनाउने, सुकुम्बासी समस्या समाधान गर्दै त्यस क्षेत्रको समुचित बिकासकालागि रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
त्यस क्षेत्रको बिकासमा एमाले बाधक बनेको बताउँदै नेपाली काँग्रेसले जितेको खण्डमा बिकासका मुल फूटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफूले जितेको खण्डमा वेलबास, जीतगढी लगायतका ठाउँलाई ट्राफिकचोक सरह बनाउने बताउनु भयो ।
उहाँले बुटवलमा घरजग्गा केही पनि नभएको व्यक्तिले आफू बुटवलमै मर्ने र तिनाउमै अन्तिम संस्कार हुने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।
त्यस्तैगरी प्रदेश सभा उम्मेदवार महेशमान सिंहले प्रदेश विभाजनको कुरा उठ्दा उद्योग बाणिज्य संघको नेतृत्वमा त्यसको बिरोधमा आफू लागेको बताउँदै प्रदेशको राजधानी पनि आफ्नै नेतृत्वमा बुटवलमा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक हरिबहादुर आचार्य क्षेत्री, बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवल १३ का वडा अध्यक्ष पुरुषोत्तम बस्याल लगायतले अरु पार्टीले कुरा गर्ने र नेपाली काँग्रेसले काम गरेर देखाउने बताएका थिए ।
उनीहरुले एमाले नेता विष्णु पौडेल पटक पटक मन्त्रि हुँदा पनि बुटवलको बिकासमा सिन्को नभाँचेको आरोप लगाउँदै त्यस्ता व्यक्तिलाई पुरस्कार स्वरुप नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे ।