भरत शाहलाई जनताले भने विकास भयो ,लालपुर्जा चाहियो

1.3K

भरत शाहलाई  जनताले भने विकास भयो ,लालपुर्जा चाहियो

रुपन्देही सैनामैना ६ मंसिर /कञ्चन गाउँपालिका रुद्धपुर बस्ने ५२ वर्षिया बुद्धिकला थापा नेपाली कांग्रेसका नेता भरत कुमार शाह गाउँमा आउने भएपछि उनि कार्यक्रममा पुगिन् । प्रतिनिधिसभा तर्फ रुपन्देही क्षेत्र नंं ५ का उम्मेदवार रहेका शाहलाई थापाले भेटेर सुकुम्बासी समस्या साधान गर्न आग्रह गर्दै भनिन– “२०७० सालको चुनावमा जिताएर फठायौं हाम्रो गाउँमा विकास निर्माणको काम त भएको छ । तर लालपुर्जा नँहुदा साह्रै गाह्रो भएको गुनासो गरिन । त्यस्तै सोही ठाउँ बस्ने २९ वर्षिय मञ्जु बाग्लेको पनि त्यहि नै गुनासो रेहेको छ । गाउँमा विकास निर्माणको काम भएको छ । पुल बन्दै छ, बाटोको स्तरउन्नती हुँदै गएको छ तर आफुले भोग चलन गरेको जग्गाको लालपुर्जा नहुँदा समस्या हुने गुनासो गरिन् ।
पुर्व राज्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता शाहले जनताको गुनासो सुन्दै अनि टिप्दै गए ।
त्यस्तै ६१ वर्षिय सतिकला थापाले पनि भरत शाहलाई भेटिन् सोही गुनासो नै पोखिन् ।
उनले भनिन्– भैरवघाटमा तपाईले जिते पछि पुल बन्दै गएको छ , विकास निर्माणका काम त भयो तर लालपुर्जा भए जग्गा धितोमा रोखेर भएपनि छोरा छोरी पढाउन पाउने थिए ।
स्थानीयको गुनासो सुनेपछि शाहले आफ्नो अहिलेको उम्मेदवारी सुकुम्बासी समस्या सामाधान गर्ने रहेको बताउदै जितेको ४ वर्ष भित्रमा नापी गरेर लालपुर्जा दिलाईदिने घोषणा समेत गर्नु भयो । उहाँले भन्नु भयो – यो भन्दा अघिको चुनावमा जितरे कांग्रेसकै नेत्तृवमा सबिधान बनायौं, यस क्षेत्रको विकास पनि गरियोे अबको मेरो उम्मेदवारी भनेको सुकुम्बासी समस्याको सामाधान गर्ने हो । नेपाली काँग्रेसको नेत्तृवमा सबिधान आयो अब कार्यान्वयन सँगै विकास निर्माणको काममा मेरो ध्यान हुन्छ उहाँले भन्नु भयो ।
नेपाली कांग्रेसका उम्मेदवार शाहले यस क्षेत्र कृषिमा सम्भावना भएको बताउँदै आफ्नो पहलमा बन्दै गरेको कञ्चन बाँध पुरा भएपछि प्रसस्तमात्रमा खेती भएपछि किसानको जिवन स्तर पनि सुधार हुने दाबी गर्नु भयो । त्यस्तै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं . ५ क का उम्मेदवार विष्णु प्रसाद पोख्रेलले पनि आफ्नो उम्मेदवारी सुकुम्बासी समस्याको समाधानको लागि भएको बताउनु भएको छ ।