बुटवल, १२ मंसिर।संघीय समाजवादी फोरमबाट स्थानीय तहको निर्वाचनमा रुपन्देहीको कञ्चन गाउँपालिकामा अध्यक्षका प्रत्यासी चन्द्रिका विश्वकर्मा आफ्ना कार्यकर्ता सहित नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।
उहाँलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भएको हो । मंगलबार रुपन्देहीको सालझण्डीमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा विश्वकर्मा सहित उहाँका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
त्यस्तैगरी सोही कार्यक्रममा एमाले तथा माओवादी केन्द्र सहित बिभिन्न दल परित्याग गरि ४० जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका नेताहरुले टिका तथा माला लगाएर पार्टी प्रवेश गराएका थिए ।