एमालेमा नातावाद र कृपावाद हावी- घिमिरे

1.3K

एमालेमा नातावाद र कृपावाद हावी- घिमिरे

सालझडी १६ मंसिर/रुपन्देही क्षेत्र नं. ५ क वाट नेकपा एमालेका नेता मिनप्रसाद घिमिरे बागी उम्मेदवार वनेपछि त्यसको फाईदा कांग्रेसका प्रदेश सभाका उम्मेदवार विष्णु पोखरेललाई हुने देखिएको छ ।
बर्षौदेखि नेकपा एमालेको राजनीति गर्दै आउनु भएका घिमिरेले एमालेले टिकट नदिएपछि बागी उम्मेदवारको रुपमा प्रदेश सभाका लागि उम्मेदवार वन्नुभएको हो ।
घिमिरेको उम्मेदवारीका कारण बाम गठवन्धनको मत काटिने निश्चित भएकोले त्यसको फाईदा प्रदेश सभाका कांग्रेसका उम्मेदवार विष्णु पोखरेललाई हुने देखिएको छ ।
क्षेत्र नं. ५ क मा घिमिरेलाई समर्थन गर्ने सयौं एमालेका कार्यकर्ताले घिमिरेको चुनाव चिन्ह बालकमा मतदान गर्ने निश्चित देखिएको छ जसका कारण कांग्रेसका उम्मेदवार विष्णु पोखरेलको पल्ला भारी हुने धेरैको अनुमान छ ।
घिमिरे क्षेत्र नं. ५ को एमालेको नेता हुनुका साथै वर्षौंसम्म जनताकै सेवामा समर्पित रहेकोले जनताका प्रिय हुनुका साथै अहिले उम्मेदवार वन्न एमालेकै कार्यकर्ताले दवाव दिएकोले पनि घिमिरे उम्मेदवार भएपछि त्यसको घाटा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार भूमिश्वर सापकोटालाई हुने निश्चित छ ।
नेकपा एमालेकै स्थानीय नेता कार्यकर्ताले नेकपा एमालेको कम्तीमा पनि तीन हजार बढी भोट घिमिरेका लागि जाने र त्यसको फाइदा कांग्रेसका पोखरेललाई हुने आँकलन गरेका छन ।
यस्तै घिमिरेले शनिवार आफ्नै घर सालझण्डीमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेमा नातावाद र कृपावाद हावी हुँदै गएको वताउँदै त्यस प्रवृत्तिको अन्त्यका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको वताउनु भएको छ ।
आफ्नो जीवनको सम्पूर्ण समय नेकपा एमालेका लागि खर्चिएपनि अन्त्यमा पार्टीले आफ्नो योगदान समेतको ख्याल नगरेर अन्याय गरेकोले जनताको इच्छा र चाहना अनुसार नै प्रदेश सभाको विधायकमा उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।
उहाँले नेकपा एमाले जस्ता राजनीतिक दलले यस क्षेत्रका जनतालाई सधै भोट बैंङंकको रुपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै निर्वाचनको नाममा विभिन्न प्रलोभन बाँडेर जनतालाई झुक्याउने काम गरेकाले आफुले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट गर्नुभयो ।
घिमिरेले नेकपा एमालेमा नातावाद, चाकडीबाद, पैसाको दलाली गर्ने प्रवृत्ति हाबी भएकोले आफुले टिकट नपाएपछि जनताको चाहाना अनुसार नै प्रदेश सभामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लागेको वताउनु भयो ।
सैनामैनाको सालझण्डीमा रहेको घरमा शनिबार विहान घिमिरेले पत्रकार सम्मेलन गरि २०४२ सालदेखि नेकपा एमाललेमा लागेर जनताको सेवा गरेको बताउँदै पटक पटक टिकट दिने समयमा आफूलाई पार्टीले धोका दिएकोले बालक चिन्ह लिएर मतदाता समक्ष आफ्नो एजेण्डा सहित घरदैलो गरिरहेको वताउनु भयो ।
पत्रकार सम्मेलनमा प्रदेश सभाका उम्मेदवार घिमिरेले भन्नुभयो –मैले यहाँका जनताको माग अनुसार स्वतन्त्र उम्मेदवारी दिएको हुँ र कसैको दबाबमा आएर होईन् ।
उहाँले यस क्षेत्रका जनताले कुनैपनि अवस्थामा उम्मेदवार हुनैपर्ने दवाव दिएको र जनताले जिताउने बचन दिएकोले निर्वाचनमा आफ्नो विजय सुनिश्चित रहेको दावी गर्नुभयो ।
नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलतर्फ ईगित गर्दै घिमिरेले सैनामैना नगरपालिकामा आफ्नै पिएलाई नगरप्रमुख बनाएको बताउँदै नाताबाद र कृपाबादकै कारण रुपन्देही क्षेत्र नं. ५ मा एमालेका प्रदेश सभा सचिबलाई टिकट दिएको आरोप लगाउनु भयो ।
उहाँले नातावाद र चाकडीबाजका कारण आफूजस्तै पुराना कार्यक्रर्ता विस्तापित हुने बेला आएको वताउँदै भन्नुभयो– यस्तै नाताबाद र कृपावाद अन्त्यको लागि आफ्नो बागी उम्मेदवारी रहेको प्रष्ट पार्नुभयो ।
घिमिरेले आफ्नो उम्मेदवारीतर्फ संकेत गर्दै कुनैपनि अवस्थामा उम्मेदवारी फिर्ता नलिने र चुनावमा जनताले अत्याधिक मत दिएर विजयी वनाउने दावी समेत गर्नुभयो ।
नेकपा एमालेमा पछिल्लो समय देखिएको गलत प्रवृत्तिकै कारण पुराना सक्षम कार्यक्रर्ता विस्तापित हुने अवस्थामा पुगेकोले जनताको चाहाना अनुसार नै स्वतन्त्र उम्मेदवारी रहेको घिमिरेको भनाई छ ।
विगत ४० वर्षदेखि यही क्षेत्रमा वसोवास गर्दै आएको र यही क्षेत्रका जनताको सेवामा समर्पित रहँदै आएको वताउँदै घिमिरेले यहाँका जनताले चाहिएको विकास आफुले गर्न सक्ने भन्दै जनताको सेवाका लागि २४ सैं घण्टा काम गर्न आफु तयार समेत रहेको बताउनु भयो ।
बहुदल आएपछि आफुले २०४९ र ५४ को स्थानीय तहको वडा र पछि गाविस अध्यक्षमा समेत जनताको मत पाएर जितेको बताउँदै ४ हजार गाविसमा द्वन्द्वकालमा ताला लाग्दा तत्कालिन बिद्रोही पक्ष माओबादी र प्रशासनलाई मिलाएर गाविस चलाएको र जनताको मन जित्न सफल भएको समेत दाबी गर्नुभयो ।