बुटवल, २९ मंसिर । दोस्रो चरणमा गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्लामा कुल खसेको मतको ५.६४ प्रतिशत मत बदर भएको छ ।
रुपन्देही जिल्लामा ३ लाख ९१ हजार बढी मत खसेको थियो । त्यसमध्ये प्रतिनिधिसभामा मात्रै २२ हजार १९ मत बदर भएको हो । त्यस्तै प्रदेशसभा निर्वाचनमा खसेको मतको १०.७५ प्रतिशत मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले दिनुभएको जानकारी अनुसार रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभामा गरि करिव ४२ हजार बढी मत बदर भएको छ । रूपन्देहीमा मतदाता शिक्षाका लागि ९१ लाख १९ हजार ५ सय रुपैंया खर्च भएको थियो ।