सञ्चारकर्मी भण्डारीको निधन

1.3K

सञ्चारकर्मी भण्डारीको निधन

बुटवल, पुस । बुटवलका सञ्चारकर्मी दलबहादुर भण्डारीको सडक दुर्घटनामा परी मृत्यू भएको छ । आईतवार बिहान बुटवलको हस्पिटल लाइनमा ना ७ ख ६७२५ नम्बरको टिप्परले भण्डारी सवार लु ३१ प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते हुनुभएका भण्डारीको बुटवल स्थित जेनस हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । भण्डारी नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक, बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु उप–सभापति, राष्ट्रिय जनमोर्चाका नेतासमेत हुनुहुन्थ्यो ।

२०२३ साल फागुन २ गते बाग्लुङ्गको हिल ६ मा जन्मनुभएका भण्डारी बुटवल चांदवारीका स्थायी वासिन्दा हुनुहुन्छ । ५१ वर्षिय स्वर्गिय भण्डारीका २ छोरा र एक श्रीमती छन् ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले भण्डारीको निधन भएकोमा गहिरो दुःख ब्यक्त गरेको छ । दुःखको यस घडीमा स्व. भण्डारी प्रति शोक व्यक्त गर्दै संघले श्रदाञ्जली व्यक्त गरेको छ ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले एक विज्ञप्ती निकालेर संचारकर्मी भण्डारीलाई ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रचलित कानुन अनुसार कारवाही गरी शोकमा परेको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नु भएको छ ।

यस्तै नेपाल प्रेस युनियन रुपन्देही र प्रेस चौतारी नेपाल रुपन्देहीले पनि दुर्घटनामा परी निधन भएका सञ्चारकर्मी दल बहादुर भण्डारीप्रति श्रद्धान्जली सहित परिवारजनमा समवेदना प्रकट गरेका छन् ।