बुटवल, ४ मंसिर । बुटवल उद्योग वाणिज्य संघको मंगलवार बसेको कार्य समिति बैठकले बिभिन्न निणर्य गरेको छ । संघका अध्यक्ष खिमबहादुर हमालको सभापतित्वमा बसेको बैठकले संघको उद्योग सदस्यमा अनुपमान सैजू, बाणिज्य सदस्यमा दिनेश श्रेष्ठ र कृषि सदस्यमा बसन्त ढकाल तथा मानार्थ सदस्यमा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका प्रवन्धक तुलबहादुर राना क्षेत्रीलाई मनोनित गर्ने निणर्य गरेको छ ।
बैठकले बिभिन्न क्षेत्रका बीज्ञहरुलाई परामर्शदातामा मनोनित गर्ने निणर्य गरेको छ । बुटवल बहुमुखि क्यम्पसका प्राध्यापक आनन्दमान सिंह शाक्य शिक्षा, अधिवक्ता बावुराम पाण्डे कानून, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेल स्वास्थ्य, लेखापरिक्षक नेत्र ज्ञवाली राजश्व, उद्योगीहरु राजेन्द्र वझा आर्थिक, रतनलाल अग्रवाल उद्योग, रत्नहरी गौतम औद्योगिक क्षेत्र प्रवद्र्धन र महेन्द्र थापा पर्यटन तथा जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख कृषि र कोरिया नेपाल प्राबिधिक शिक्षालय (कोइका) का प्रमुखलाई प्राबिधिक परामर्शदाता मनोनित गरेको महासचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले यस अघि पदाधिकारी बैठकबाट निणर्य भई नेपाल सरकार कृषि बिकास मन्त्रालय कृषि बिभाग र संघको संयुक्त आयोजनामा फागुन पहिलो साता हुने राष्ट्रिय प्रागारिक कृषि मेला आयोजना गर्ने निणर्यलाई अनुमोदन गरेको छ ।