बुटवल, २० पुस। सुर्या लाईफ ईन्स्योरेन्स कम्पनीले विमा वापतको दावी भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाबाट ५० लाख रुपैंयाको बिमा गरेका बुटवलका व्यबसायी राजकुमार श्रेष्ठको निधन भएपछि उनको विमा वापतको दावि भुक्तानी गरिएको हो ।
कम्पनीले बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि कम्पनीका एजेन्सी म्यानेजर समेत रहेका स्वर्गीय राजकुमारको परिवारलाई बोनस सहित ८२ लाख १० हजार रुपैंयाको चेक हस्तान्त्रण गरिएको बुटवल शाखाकी प्रमुख जुना कुवँरले बताउनु भयो ।
गत कात्तिक २ गते देवघाटमा श्राद्ध गर्न जाँदा नहाउने क्रममा नारायणी नदिमा डुवेर राजकुमार सहित दाजु चन्द्रकान्त श्रेष्ठको निधन भएको थियो । उक्त बिमा कम्पनीका एजेन्सी म्यानेजर समेत रहेका राजकुमारले ५० लाख रुपैंयाको बिमा गरेका थिए ।
बिमा तथा बोनस सहित ८२ लाख १० हजारको चेक स्वर्गीय राजकुमारका दाजु बाबुराम श्रेष्ठलाई कम्पनीका एरिया म्यानेजर बुद्धबहादुर सुर्यबन्सीले हस्तान्त्रण गर्नुभएको हो । उक्त चेक हस्तान्त्रण गर्दै एरिया म्यानेजर राजबंसीले व्यक्तिको निधनको क्षेतीपूर्ति हुन नसकेपछि बिमाले उसका आश्रीत परिवारलाई राहत पुग्ने बताउनु भयो ।
त्यस्तै बिमा वापतका रकम ग्रहण गर्दै स्वर्गीय राजकुमारका दाजु बाबुरामले भाई गुमाउनु पर्दाको पिडा ठूलो भएपनि भाईले गरेको बिमाका कारण परिवारलाई ठूलो राहत मिलेको बताउनु भयो ।