बार्षिकोत्सवमा साताब्यापि कार्यक्रम गर्ने

553

बार्षिकोत्सवमा साताब्यापि कार्यक्रम गर्ने

बुटवल, ३० पुस । रुपन्देहीको तिलोत्तमामा रहेको पामिर ईन्टरनेशनल एकेडेमिले १० औं बार्षिकोत्सव तथा अभिभावक भेला विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ ।

एकेडेमिले माघ २ गतेदेखि ८ गतेसम्म शैक्षिक, बौद्धिक तथा खेलकुद लगायतका प्रतियोगितात्मक कार्यक्रम गरेर बार्षिकोत्सव मनाउने भएको हो । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरि विद्यालय स्तरीय, जिल्ला स्तरीय विभिन्न कार्यक्रम गर्ने भएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा विद्यार्थीबीचको सम्वन्धलाई सुमधुर बनाउने उद्देश्यले साताब्यापि कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागिएको जानकारी दिनुभयो ।

अध्यक्ष चापागाईका अनुसार वार्षिकोत्सवको अवसरमा माघ २ गते खुल्ला दौड, माघ ३ गते भूतपुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, विद्यार्थी र शिक्षकका विचमा मैत्रीपुर्ण भलिवल तथा कुर्चि दौड प्रतियोगिता, माघ ४ गते खुल्ला डबल्स ब्याटमिन्टन प्रतियोगिता, माघ ६ गते रक्तदान कार्यक्रम, माघ ७ गते मुल समारोह गरिने भएको छ ।

यसैबीच माघ ८ गते परेको सरस्वती पुजाको दिन विद्यालय प्राङ्गगणमा विशेष सरस्वती पुजा कार्यक्रम र साना नानीबाबुहरुका लागि अक्षरराम्भ कार्यक्रम समेत राखिएको विद्यालयका प्रिन्सिपल तोलाकान्त डुम्रेले जानकारी दिनुभयो ।