
बुटवल १० माघ । नेपाली कांग्रेस रुपन्देहीका सदस्य तथा पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्य व्यबस्थित बसोबास आयोग रुपन्देहीको अध्यक्षमा मनोनित हुनु भएको छ ।
नेपाल सरकार भुमिसुधार तथा व्यवस्था मन्त्रालयको माघ ८ गतेको निर्णय अनुसार उहाँलाई अध्यक्षमा मनोनित गरिएको हो । विभागीय मन्त्री गोपाल दहितले काँग्रेस नेता आचार्यलाई जिल्लाको अव्यवस्थीत बस्ती व्यवस्थापनका लागि मनोनयन गरेको बताईएको छ ।
विगतमा सुकुम्बासी समस्या समाधान आयोग भनिए पनि यस पटक सरकारले नाम परिर्वतन गरि बसोबास व्यवस्थापन समिति नामाकरण गरेको हो । रुपन्देही जिल्ला सुकुम्बासी समस्या निकै जटिल रहेकोले अव समिति गठन भएसंगै समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
सरकारले रुपन्देही सहित अन्य छिमेकी जिल्लाहरुमा पनि बसोबास व्यवस्थापन समिति गठन गरेको छ । तत्काल अध्यक्ष तोकिएको र वाकी सदस्यहरु पनि छिट्टै मनोनित हुने र काम अघि बढाईने अध्यक्ष आचार्यले बताउनु भयो ।