कामधेनु गौशालामा ६० लाख आम्दानी

1.3K

कामधेनु गौशालामा ६० लाख आम्दानी

बुटवल, माघ । सिदेश्वर महादेव मन्दिर समिति देवदह–१० भलुही कामधेनु गौशाला रुपन्देहीमा सञ्चालन गरिएको महायज्ञबाट ६० लाख रुपैयाँ बढी बचत भएको छ ।

वृहत प्रकृतिको गोशाला निर्माण गर्ने उदेश्यका साथ यहि माघ २ गते देखि १३ गते सम्म आयोजना गरिएको श्रीमद् भागवत गौरक्ष ज्ञान महायज्ञमा कुल ७८ लाख ७९ हजार ८१३ रुपैंया संकलन भएको थियो भने खर्च कटाएर ६० लाख ५८ हजार ३९० रुपैंया वचत भएको यज्ञ मुल आयोजक समितिले बिहिबार एक कार्यक्रमका बिच आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष होमलाल सापकोटाको अध्यक्षता तथा योगी सोमराज महाराजको आतिथ्यतामा भएको कार्यक्रममा सह संयोजक रामप्रसाद पाण्डे, वडा नम्बर १० का अध्यक्ष मेख बहादुर सुनार, वडा नम्बर ९ का अध्यक्ष केशव भट्टराई, लेखा संयोजक चेत प्रकाश बस्याल, यज्ञ मुल समितिका कोषाध्यक्ष रामअवतार शर्मा, देवी घिमिरे लगयातले मन्तव्य राखेका थिए ।

लेखा संयोजक तेजप्रकाश बस्यालका अनुसार महायज्ञमा कुल १८ लाख २१ हजार ४ सय २३ रुपैयाँ खर्च भएको थियो । यज्ञ आयोजक समितिका अध्यक्ष हेमलाल सापकोटाका अनुसार अन्य विभिन्न खर्च कटाएर जम्मा भएको रकम बैंक खातामा जम्मा गरिएको छ । जसबाट वृहत प्रकृतिको गौशाला निर्माण गरिने छ ।
खर्च सार्वजनिक समारोहमा रुपन्देही र नवलरासीका विभिन्न जननिर्वाचित पदाधिकारीहरु, यज्ञ सफल बनाउन खट्ने विभिन्न व्याक्तिहरुलाई प्रमुख संरक्षक सोमराज महाराज योगीले सम्मान गर्नुभएको थियो । कार्यक्रममा धन्यावाद ज्ञापन रामप्रसाद सापकोटा, सह संयोजक वासुदेव रिमालको सञ्चालनमा भएको प्रचार प्रसार सदस्य केशव पराजुलीले जानकारी दिनुभयो ।