मोक्षधाममा शिवरात्री महामहोत्सव हुने

1.3K

मोक्षधाममा शिवरात्री महामहोत्सव हुने

बुटवल,२८ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा निर्माणाधिन मोक्षधाममा शिवरात्रीको अवसर पारेर आगामी फागुन १ गते शिवरात्री महामहोत्सव गरिने भएको छ । शिवरात्रीको दिन फागुन १ गते ११ सय शिवलिंग सहितको द्वादश ज्योतिर्लींगमा जलापर्ण तथा रुद्री पुजा सहितका धामिर्क कार्यक्रम गर्ने निर्णय गरिएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष नारायण वञ्जाडेले जानकारी गराउनु भयो ।

तिलोत्तमा नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य सहित ८ धाम सहितको मोक्षधाम निर्माणाधिन अवस्थामा छ । जहाँ हालसम्म अमृत कुण्ड, राधाकृष्ण मन्दिर, सन्त आश्रम, बृद्धाश्रम, गुरुकुलम आश्रम, मुक्तिनाथ धाम निर्माण भईसकेका छन् भने सत्संग हल, मोक्षधाम बाउण्ड्री, आठ धाम एकै ठाउ रहनेगरी १७१ फिट अग्लो तथा १०८ फिट चौडाको मन्दिर निर्माणाधिन अवस्थामा छन् ।

मोक्षधाम सेवा आश्रमले भारतका रामेश्वरम, द्वारिकाधिस, बद्रिनाथ र जगन्नाथपुरी तथा नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर (रामजानकी), तथा लुम्बिनी, एकै थलोमा बनाई आठ धामको परिकल्पना गरि निर्माणका कामहरु गरिरहेको मोक्षधाम सेवा आश्रमको अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो ।