मगर एकता दिवसमा विभिन्न कार्यक्रम

1.3K

मगर एकता दिवसमा विभिन्न कार्यक्रम

बुटवल १३ फागुन । नेपाल मगर संघ बुटवल उपमहानगर समिति, बुटवलले मनाउन लागेको ३६ औं मगर एकता दिवस आइतबारदेखि शुरु भएको छ । तीन दिवशिय रुपमा मनाउंन लागिएको मगर एकता दिवस आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी एकता दिवसको कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

संघका निवर्तमान अध्यक्ष क्या.किशाबहादुर थापा मगरले दिवसको शुभारम्भ गर्नुभएको हो । संघका अनुसार दिवसमा आज वक्तृत्वकला प्रतियोगिता र भोली मंगलबार मगर एकता दिवस मूल समारोह गरिने अध्यक्ष गोपालबहादुर चौहान मगरले जानकारी दिनुभयो ।

मूल समारोहका दिन फागुन १५ गते बुटवलको राजमार्ग चौराहस्थित लखनचोकबाट मगर झाँकीसहितको ¥याली निकालिने र उक्त ¥यालीले बुटवल बजार परिक्रममा गरि बुटवल–११ देबिनगर स्थित भूपूसैनिक कल्याण क्लबको प्राङगणमा पुगेर दिवस मुल सामारोहमा परिणत हुने सचिव धर्कबहादुर बारघरेले बताउनुभयो ।

मगर एकता मुल समारोह कार्यक्रममा प्रदेश सभामुख पूर्णबहादुर घर्तिमगर प्रमुख अतिथिका रुपमा आउनु हुने संघका उपाध्यक्ष मनोज रानाले जानकारी दिनुभयो ।