
बुटवल,फागुन । राज्यले अभिव्यक्ति स्वतन्त्राको ग्यारेण्टी गर्न नसकेको सञ्चारकर्मीहरुले बताएका छन् । पे्रस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्राको गारेण्टी गर्ने दायित्व राज्यको भएपनि राज्य आफ्नो ठाउंमा चुकेको उनीहरुले बताए ।
बुटवलवाट प्रकाशित गर्जन पोष्ट साप्ताहिकको तेश्रो वार्षिकोत्सवका अवसरमा मंगलबार बुटवलमा आयोजित संविधान मौलिक अधिकार विचार विषयक अन्तरक्रियामा बोल्ने वक्ताले यस्तो बताएका हुन् । संविधानले आस्थाको आधारमा पे्रस र अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाएको बताए ।
गणतन्त्र स्थापना भएपनि मुलुक वेतिथिबाट मुक्तहुन नसकेकाले जनतालाई अधिकार दिनेगरी जनपक्षीय पत्रकारिता आवश्यक रहेको उनीहरुको भनाईछ ।
सोही कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले राज्यमा प्रेस स्वतन्त्रता नभएको बताउनुभयो । राज्यले अभिव्यक्ति स्वतन्त्रता र पे्रस स्वतन्त्रतामाथि अंकुश लगाएको उहांले बताउनुभयो । वर्तमान संविधानले जनतालाई अधिकार दिन नसकेको बताउंदै अध्यक्ष चलाउनेले संविधानले द्वन्द्व दिएको दावी गर्नुभयो ।
संविधान र राज्य जिम्मेवार बन्न नसकेको अवस्थामा जनपक्षीय पत्रकारिताको खांचो बढेको उहांले बताउनुभयो । अध्यक्ष चलाउनेले अहिलेको संविधान र राज्यको व्यवहारले द्वन्द्व निम्तिने सम्भावना रहेको बताउनुभयो ।
पत्रकार वालकृष्ण चापागाईंले शासकीय पत्रकारिता हावी हुंदै गएको र व्यवसायिक पत्रकारिताबाट विकृति आएकाले जनपक्षीय पत्रकारिताको महसुस हुन थालेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इन्चार्ज शरद ओलीले अहिलेको राज्य सत्तासंग जोडिएको संविधान जनताको पक्षमा नभएको बताउनुभयो । एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जनताको पक्षमा दबाब र जागरण पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमा मानव अधिकार तथा शान्ति समाजका उपाध्यक्ष गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गौतम, प्रगतिशील पत्रकार संघ रुपन्देही अध्यक्ष श्यामलाल पोखरेल, पे्रस युनियन रुपन्देही सभापति विक्रम खड्का, पे्रस चौतारी रुपन्देही उपाध्यक्ष लक्ष्मण पौडेल, पे्रस सेन्टरका रुद्रहरि कुवंर, फोनिज रुपन्देही अध्यक्ष सोनु थापा, रुपन्देही व्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठ, खोमा तरामु लगायतले बोल्नु भएको थियो ।
पत्रिकाका सम्पादक तथा प्रकाशक प्रकाश डुम्रेको अध्यक्षता र शिव डुम्रेको संचालनमा कार्यक्रम भएको थियो ।