
बिकास गौतम/
बुटवल, २५ फागुन । आगामी चैतमा हुने लियो जिल्ला परिषद् ३२५ वी २ को राष्ट्रिय महाधिवेसनमा एरिया ४ ले लियो क्लव अफ खस्यौली युथका पूर्व अध्यक्ष सरोज कडेललाई राष्ट्रिय उपाध्यक्षकालागि सिफारिस गरिएको छ । लियो जिल्ला परिषद् ३२५ बी २, एरिया ४ अन्र्तगत १९ वटा लियो क्लवको संयुक्त बैठकले जिल्ला परिषद महासचिव समेत रहेका कंडेललाई यस क्षेत्रबाट राष्ट्रिय उपाध्यक्षमा सिफारिस गरेको हो ।
जिल्ला परिषद् ३२५ वी २, एरिया ४ का संयोजक अव्दुल साजिदको अध्यक्षतामा बसेको बैठकले कंडेललाई राष्ट्रिय उपाध्यक्षमा सर्वसम्मत सिफारिस सहित लभिङ सुरु गरेको छ । बैठकलाई सम्बोधन गर्दै पुर्व राष्ट्रिय अध्यक्ष सन्दिप कशौधनले लियो जिल्ला परिषदमा पुनः बुटवल क्षेत्रले नेतृत्व तहमा उम्मेद्वार पठाउनु यस क्षेत्रकै गौरवको कुरा भएको बताउनु भयो । उहाँले उम्मेदवार बनाउने मात्रै नभएर नेतृत्वमा पु¥याउनकालागि यस क्षेत्रबाट खेल्नुपर्ने भूमिकामा कुनै कमि हुन नदिनकालागि सबैलाई आग्रह गर्नुभयो ।
बैठकमा पुर्ब जिल्ला परिषदका सचिब अर्चित श्रेष्ठ, लियो क्लव अफ सिद्धबाबाका पुर्व अध्यक्ष उदय राज भट्टराई, लियो जिल्ला परिषद् ३२५ वी २ का जनसम्पर्क अधिकारी संजय सिहं केसी, लियो क्लव अफ बुटवल खस्यौली युथका अध्यक्ष मोहन न्यौपाने लगायतले क्लब स्थापनादेखी हालसम्म सरोज कंडेलको भूमिकाको प्रशंसा गर्दै कंडेलले राष्ट्रिय नेतृत्वमा सवल र सक्षम भूमिका निर्वाह गर्ने क्षमता रहेको विश्लेषण गरेका थिए ।