बराबरी हैसियतमा मात्र पार्टी एकता – प्रचण्ड

1.3K

बराबरी हैसियतमा मात्र  पार्टी एकता – प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका छन् । साथै उनले बाहिर चर्चा चले जस्तो ७०/३० को भागवण्डाका आधारमा पार्टी एकता नहुने समेत बताए ।

अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै प्रचण्डले संगठनमा बराबरी भागवण्डा हुनु पर्ने बताए ।

 

स्थानीय तहको चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६०/४० को भागवण्डा भएको भन्दै उनले भने, ‘बाहिर भनिए जस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन । बराबरी बाहेक पार्टी एकता हुँदैन ।’

विगतमा माओवादीका साथै एमालेले पार्टी एकता गर्दा बराबरी हैसियत दिएको उनले सुनाए ।

प्रचण्डले पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुबै अध्यक्षको क्षेत्राधिकार समान हुने बताए । पार्टी एकता चाँडै गर्ने भनिएपनि कार्यविधि अझै नटुंगिएको र यसले समय लिने भन्दै बैशाख १० मा एकता हुनसुक्ने बताए ।

उनले भने, ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेेपछि मात्र एकता गर्नुपर्छ ।’