ट्रेड युनियन काँग्रेसको अध्यक्षमा गुरुङ

1.3K

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा गुरुङ

बुटवल, चैत । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको छैठौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बुटवलमा सम्पन्न अधिवेशनले तुलाराम गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा खुल्लाबाट ओमप्रकाश चौधरी, सेवा क्षेत्रबाट अयुवअली खान, अनौपचारिक क्षेत्रबाट सफातुल्ला मुसलमान, महिलाबाट उर्मिला गुरुङ र उत्पादन क्षेत्रबाट जयकुमार चौधरीलाई चयन गरिएको छ ।

त्यस्तै सचिवमा हिमबहादुर केसी, सहसचिवमा अस्विन पौडेल र ठानप्रसाद भुसाल तथा कोषाध्यक्षमा सुर्यदेव दास तथा सहकोषाध्यक्षमा अनिता केसी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा महिलाबाट कमला आचार्य, सीता श्रेष्ठ, रत्ना रिजाल र कृणमाया राना तथा खुल्लाबाट यज्ञप्रसाद खनाल, राजकुमार पाल, श्रीकान्त सुवेदी र एकिन खान निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा निर्वाचित भएपछि सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङले मजदुरको हकाधिकारको पैरवीकालागि सबैको साथ र समर्थन अपरिहार्य रहेको बताउनु भयो ।